arrow

युनाईटेड इन्स्योरेन्स कम्पनीको प्रिमियम एनआइसी बैंकबाट भुक्तानी गर्न सकिने

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
nica-asia-united-insurence.jpg

काठमाडौं। युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले एनआइसी एशिया बैंकबाट प्रिमियम भुक्तानी गर्न सकिने सम्झौता भएको छ। सम्झौता अनुसार सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन्।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईज्यूले हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै ग्राहकवर्गहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सकिने एनआइसी बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ