arrow

सुरु भएनन् प्रदेश गौरवका योजना

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ मंसिर १६ सोमबार
pradesh_photo.jpg

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको बजेट मार्फत ल्याएका प्रदेश गौरवका ठूला योजनाहरु अझै पनि सुरु हुन सकेको छैन । सरकारले प्रदेशका नौ वटै जिल्लामा प्रदेश गौरवका सडक बनाउने,प्रदेश बस सेवा सञ्चालन गर्ने, सुपथ मूल्य पसल सञ्चालन,प्रदेश क्रिकेट मैदान, सवै स्थानीय तहमा हाट बजार स्थापना ,प्रदेश खाघ डिपो स्थापना ,औधोगीक ग्राम स्थापना पाँच जिल्लामा जडिबुटी प्रशोधन केन्द्र लगाउत प्रदेश गौरवका योजना ल्याएको थियो ।

 प्रदेश सरकारले ल्याएको गौरवका योजना कछुवाको गतिमा रहेको प्रतिपक्ष दल नेपाली कागेसले बताएको छ । यता प्रदेश सरकारले भने यसै आर्थिक वर्षमा गौरवका योजना कार्यान्वय गर्न बताउदै आएको हो ।सुरुवतको चरनमा भएकाले केहि नभएको भन्दा पनि केहि योजना कार्यान्वयमा आएको सतापक्षका सासदले बताएका छन् । प्रदेश सरकारले कार्यविधि बनाउनु ढिलो भएकाले पनि धेरै जस्तो योजनाहरु कार्यन्वयमा आउन नसकेको प्रदेश सभा सदस्य दुर्गा विकले बताए ।

उनले कर्मचारी अभाव देखि कानुनी जटीलताले गर्दा समयमै कार्यन्वयमा ढिलाई भएको जानकारी दिए । आफुहरुले पनि सरकारलाई गौरवका योजनाहरु छिटो अगाडी बढाउनु भनेर दवाव दिरहेको उनले बताए । गत वर्ष पनि योजना कार्यान्वयमा ल्याउन नसक्दा ठूलो मात्रामा बजेट फिर्ता गएको  थियो ।समयमै सरकारले सूचना ननिकाल्दा कतिपय योजनाहरु कार्यन्वय हुन नसकेको सार्वजनिक लेखा समितिकी सभापति  कुमारी नन्दा बमले बताए ।  सरकारले सस्तो लोकप्रियताका लागी गौरवका योजनाहरु ल्याएर बजेट छुटाएको भएपनि कुनै पनि योजना कार्यन्वयमा नआएको उनले बताए । आफुहरुले गौरवका योजना छिटो कार्यन्वयमा ल्याउन ससदमा आवाज उठाइरहेको उनले जानकारी दिए ।

प्रतिपक्ष नेपाली कांगेसले भने सरकार कछुवाको गतिमा अगाडी बढी रहेको बताउदै आएको छ । सरकारले आर्थिक वर्ष बाट विकास निर्माण लगायत बजेट पनि कार्यान्वयमा गरेर जनताको अपेक्ष अनुसार काम गर्न बताएको भएपनि असारे परिपाटीनै भएको  नेपाली कांगेस संसदीय दलका नेता रणबहादुर रावले बताए । सरकारले जनतालाइ पतक्ष प्रभाव पर्ने कुनै पनि योजनाहरु कार्यन्वय गर्न  नसकेको उनले जानकारी दिए ।

सरकारले योजनाहरुको कार्य विधि बनाएर अगाडी बढे आफुहरुको पनि पूर्ण सहयोग रहेको उनले बताए । आफुहरुले सरकारलाई दवाव दिदापनि सरकारले कुनै चासो नलेखाएको आरोप लगाए । प्रदेश सरकारले भने यसै आर्थिक वर्ष देखि गौरवका योजना सञ्चालनमा आउने बताएको छ । गौरवका सडकहरुको यस आर्थिक वर्ष भित्रै ठेक्का लगाएर काम अगाडी बढाउने भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहराले बताए ।

 उनले प्रदेश बस सञ्चालनका लागि प्राधीकरणको गठन गर्नका लागि कानुन कार्य विधि बनाइ रहेकाले कार्य विधि बनी सकेपछि यस आर्थिक बाटै प्रदेश बस सञ्चालनमा ल्याउने जानकारी दिए । प्रदेश सरकारले ल्याएको गौरवका योजनाहरु समयमै कार्यन्वय हुन नसक्दा गत वर्षको बजेट पनि फिर्ता गएको थियो । यस आर्थिक वर्षमा पनि समयमै योजनाहरु सञ्चालनमा आउन सकेन भने बजेट फिर्ता जाने सम्भावना देखिन्छ । त्यसैले समयमै प्रदेश सरकार गभिर बन्न आवश्यक देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ