arrow

मंसिर २० गते वित्तीय सम्मेलन हुने

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
photo-puskar.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा मंसिर २० गते वित्तीय सम्मेलन आयोजना गरिने भएको छ । वित्तीय पहुँचको सुनिश्चितता प्रदेश सरकारको प्रतिबद्धता मुल नारासहित धनगढीमा एकदिने सम्मेलनको आयोजना गरिन लागेको हो । सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री झपटबहादुर बोहराले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेका जानकारी दिए ।

 प्रदेश मन्त्रीपरिषद बैठकले वित्तीय सम्मेलन आयोजनाका लागि गरेको निर्णय बमोजिम पहिलो पटक प्रदेशले वित्तीय सम्मेलन गर्न लागेको मन्त्री बोहराले बताए ।  सो सम्मेलनमा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, श्रम तथा रोजगारी मन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका गभर्नर विशेष अतिथिको रुपमा सहभागी हुनेछन् ।

सुदूरपश्चिम प्रदेशको वित्तीय पहुँचको सुनिश्चितता गर्ने, स–सानो बचत परिचालन गरी पूँजी निर्माण गर्ने, संभाव्य परियोजनामा कर्जा लगानी अभिवृद्धि गर्ने, प्रदेशवासीलाई आधुनिक  बैंकिङ प्रणालीमा आवद्ध गर्ने र वित्तीय पहुँचको माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई सम्वृद्धिको दिशामा अघिबढाउने लगायत उद्देश्यका साथ सम्मेलनको आयोजना गरिन लागेको मन्त्री बोहराले बताए ।

सम्मेलनमा प्रदेशका ८८ ओटै स्थानीयतहका प्रमुख, नौ ओटै जिल्लाका जिल्ला समन्वय समितिका संयोजक, प्रम’ख जिल्ला अधिकारीहरु सहभागि हुनेछन् । बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा तथा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सम्मेलनमा सहभागि हुनेछन् ।

त्यस्तै विकास साझेदार विश्व बैँक, एडीबी, आईएमएफ, युएनडीपी, युनिसेफ आईएफसी तथा विषय विज्ञसहित झण्डै चार सय ५० जनालाई आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको । सम्मेलन सफल पार्न हाललाई करीब ३६ लाख बजेट रहेकोमा थपघट हुन सक्ने मन्त्रालयले जानकारी दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ