arrow

अन्ततः प्रधानमन्त्री ओलीबाट ‘आइसीयु’बाटै भिडियो सन्देश 

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
pm-oli-hospital.jpg

काठमाडौं । आइतबार साँझदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बारेमा फैलिएको नकारात्मक सन्देश सोमबार बिहानसम्म देशैभर फैलिएको थियो । कसैले हावा भनेर उडाइदिए । कसैले गम्भीर रुपले लिए । 

गत हप्ताको मंगलबारदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीको स्वास्थ्य निकै नाजूक भएको भन्दै विभिन्न अड्कलबाजी र अफबाह फैलिरहेको थियो । अन्ततः ओली आफैले भिडियो सन्देश जारी गरेरै ‘म ठीक छु’ भनी आस्वस्त पारेका छन् । 

यतिसम्म कि ओलीले अस्पतालको आइसीयु कक्षबाटै दशरथ रंगशालामा आइतबार साँझ भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको उद्घाटन समारोहको आइप्याडमा लाइभ हेरेको भन्ने प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले जारी गरेको सूचनालाई पनि पत्याएनन् कतिपयले । 

तर सोमबार अपराह्न ओलीद्धारा जारी भिडियो सन्देशले उनीप्रति गरिएका अफबाह मेट्ने काम भएको छ । ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख सुधार हुँदै गएको बताएका छन् ।

आफूलाई अप्रत्याशित एपेन्डिसाइटिसको समस्या आइलागेको भन्दै ओलीले यसको संक्रमण बाहिरसम्म फैलिएका कारण भएको खरावी हटाउन १० दिनसम्म लाग्ने बताएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ