arrow

नेपालका २१ अधिकारी भारतमा प्रशिक्षणरत

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
training-india.jpg

काठमाडौं । ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी ६ दिने प्रशिक्षणमा २१ नेपाली अधिकारीहरुले भारतको फरिदाबादस्थित नेशनल एकेडेमी अफ कस्टम्स इन्डाइरेक्ट ट्याक्सेस एण्ड नार्कोटिक्स (नासिन) मा भाग लिएका छन् । 

भारतले तेस्रो समूहलाई मंसिर १६ गते सोमबारदेखि यो प्रशिक्षण दिन थालेको हो । नेपाल सरकारको विशेष अनुरोधमा यो विशेष कार्यक्रम भइरहेको हो । 

‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’  कार्यक्रम अन्तर्गत ६० नेपाली अधिकारीहरुले विशेष कोर्षको प्रशिक्षण लिइरहेका हुन् । 

यस कार्यक्रमलाई नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा लिइएको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग आइटेक कार्यक्रम अन्तर्गत रहेको छ । 

यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्ने विश्वास लिइएको छ । 

यस अघि नेपाली अधिकारीहरुको दुई समूहले प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुिद्धकरण क्षेत्रमा नासिन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान मानिन्छ । 

यो एशिया प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र रहेको र अन्य अन्तर्राष्ट्रिय संस्थाहरु युएनईपी, युएनओडीसी र एसएएसईसी लगायतसंग मिलेर काम गर्ने गर्ने भारतीय दूतावासले विज्ञप्ति जारी गरी जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ