arrow

मेस्सीलाई छैटौंपटक बालोन डीओर अवार्ड

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
messi51.jpg

काठमाडौं । अर्जेन्टाइन तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डीओर फुटबल अवार्ड जितेका छन् । मेस्सी यो वर्षको उत्कृष्ट खेलाडी बन्दै बालोन डीओर जितेका हुन् ।

मेस्सी छैटौं पटक बालोन डीओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यसअघि सन् २००९, १०, ११, १२ र २०१५ मा यस अवार्ड जितेका थिए । 

मेस्सीपछि पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् । यसपटक मेस्सीले रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष कार्यक्रममा मेस्सीलाई अवार्ड प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ