arrow

जित शेरचनद्धारा मतदातालाई धन्यवाद, विजेतालाई बधाई 

logo
नारायण रिजाल, 
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
jit.jpg

बाग्लुङ । मंसिर १४ गते सम्पन्न बागलुङ क्षेत्र नं.२ प्रदेश (ख) को उपनिर्वाचनमा सहभागी भई आफुलाई अमुल्य मत प्रदान गर्नेप्रति नेपाली काँग्रेसका उम्मेदवार जितबहादुर शेरचनले धन्यवाद प्रकट गरेका छन् ।
 
आफ्नो सामाजिक संञ्जाल मार्फत सम्पुर्ण निसी, भुजी तमान र ढोरपाटन बासीका आफ्ना मतदाता र शुभचिन्तकहरुमामा धन्यबाद प्रकट गरेका हुन् । उनले आफ्नो फेसबुक मार्फत लेखका छन् –‘मलाई भोट राख्ने नराख्ने सवैलाई धन्यबाद दिन चाहन्छु साथै विजयी साथी खिम विक्रम शाही लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’ 

उनले आफु मतले हारेको भए पनि मन कहिल्यै नहार्ने बताएका छन । शेरचनले आगामी दिनहरुमा जनताको पक्षमा काम गर्ने कुरा कुनैपनि कसुर बाकी नराख्ने बताएका छन् । शेरचनले भनेका छन, ‘मेरा पार्टीका केन्द्र देखी जिल्ला तहका नेता तथा कार्यकर्ता लाई धन्यबाद दिन चाहन्छु । निर्वाचन परिचालन गर्ने क्षेत्रीय समिति प्रदेश क्षेत्रीय समिति र निसीखोला, ढोरपाटन, र तमानखोलाको गाउँ र नगर समिति लगायत सवै नेता तथा कार्यकर्ताले सहयोग गर्नुभयो उहाँहरु प्रति ऋणी छु ।, आउँदा दिनहरुमा पनि सहयोग सदभाव र सुझावको अपेक्षा गरेको छु ।’

त्यसैगरी नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेश (ख) ले पनि एक विज्ञप्ती जारी गरी सम्पुर्ण मतदातालाई धन्यबाद दिएको छ । क्षेत्र नं. २ प्रदेश (ख) का सभापति नरजंग घर्ति द्धारा जारी विज्ञप्तीमा यस क्षेत्रका सम्पुर्ण दाजुभाई तथा दिदिबहीनीहरुमा आफ्ना उम्मेदवार जितबहादुर शेरचनको पक्षमा निष्ठाकोे अमुल्य मत प्रदान गरेकोमा मतदातालाई कृतज्ञता प्रकट गरेको छ । त्यसैगरी तमाम चुनौतीका बाबजुत अहोरात्र खट्नुहुने पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ता प्रतिपति धन्यबाद प्रकट गरिएको छ । विज्ञप्तीमा यस प्रदेश निर्वाचन क्षेत्रको विकास, पार्टी संगठन विस्तार, र आम साथीहरुको मनोबल उचो राख्न नेपाली काँग्रेस सदैव विभिन्न अभियानमा सँगै जनताको विचमा रहन प्रण गर्ने उल्लेख गरिएको छ । 

उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले शेरचनलाई २ हजार ९७ मत पछि पार्दै विजयी भएका हुन् । 

शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरेका थिए भने शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरे । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका स्व. टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरि बिजयी भएका थिए । 

त्यसबेला पनि घर्तीका प्रत्यासी रहेका कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए । उक्त चुनावमा ३ हजार २ सय ६० मतको अन्तर थियो । यो अन्तर अहिले १ हजार भन्दा बढीले घटेको छ । सांसद घर्तीको असामयिक निधन भए पछि यस क्षेत्रमा उपचुनाव भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ