arrow

सातै स्थानीय तहमा नेकपाका इञ्चार्ज

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
Dadeldhura-hamrakura.jpeg

अमरगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ । पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो । 

नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट र अमरगढी नगरपालिकामा करुणाकर ओझालाई इञ्चार्ज तोकिएको जानकारी दिएको छ ।     
     
त्यस्तै नवदुर्गा गाउँपालिकामा लक्ष्मी धिक्त, भागेश्वरमा प्रेम साउद, आलितालमा छविलाल सलामी, अजयमेरुमा जयबहादुर ऐर र गन्यापधुरा गाउँपालिकामा गणेश सार्कीलाई इञ्चार्जको जिम्मेवारी दिइएको डडेल्धुरा नेकपा अध्यक्ष मानसिंह मालले जानकारी दिए ।      
     
पार्टीले भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमिसमेत समेटेकामा आपत्ति जनाउँदै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेको विषयमा सरकारले कूटनीतिक तवरबाट जतिसक्दो छिटो समस्या समाधान गर्नुपर्ने माग गरेको छ । 

उक्त भूभाग शदियौँदेखि नेपालको रहेको बताउँदै भारतले आफ्नो राजनीतिक नक्शाबाट सो भूभाग हटाउनुपर्ने अध्यक्ष मालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ