arrow

पत्रकार महासंघ युएईको अध्यक्षमा लक्ष्मण खनाल

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
uae-journalaist.jpg

काठमाडौँ । शुक्रबार सम्पन्न नेपाल पत्रकार महासंघ युएई शाखाको अध्यक्षमा लक्ष्मण खनाल निवार्चित भएका छन् ।  गल्फमा करिब एक दशक बिताएका खनाल शाखाको पाचौं अधिबेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

गल्फ देशहरु मध्यमा पत्रकारहरु निकै सक्रिय रहेको युएईमा करिब ५० पत्रकारहरुको सक्रियता भएतापनि महासंघमा भने २० जनाको हाराहारीमा सदस्य रहेका छन् ।

नव निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिदै नेपाल पत्रकार महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोबिन्द आचार्यले सम्बन्धित देशको कानुनको अधीनमा रहेर पत्रकारिता गर्न सबैलाई आग्रह गरे ।
 
त्यस्तै अधिबेशनबाट उपाध्यक्षमा मेघराज सापकोटा , सचिबमा मोहन बस्याल, सहसचिबमा राम ढुङेल , कोशाध्यक्षमा माधव न्यौपाने, सदस्यहरु हरी दुलाल , खिमलाल पाण्डे,राम कुमार परियार, प्रिथी छक बुढा  निर्वाचित भएका छन् भने राष्ट्रिय परिषद सदस्यमा निमेश गिरी र सल्लाहकारहरु हरी नेपाली, एकेन्द्र बहादुर थापा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ