arrow

प्लाटिष्कको झोलामा रहेको अज्ञात वस्तु पड्किदा एक घाइते

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत २९ सोमबार
morang j.jpg.jpeg
विराटनगर । मोरङको बुद्धनगर ५ मा रहेको एक माछा पोखरीमा विस्फोट भएको छ । विस्फोटमा परी एक किशोर घाइते भएका छन् । मध्यान्न पोखरीमा प्लास्टीमा रहेको चिज चलाउँदा एक्कासी विष्फोट भएपछि  १७ वर्षीय रुपेश मण्डल घाइते भएको मोरङका प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठले बताए । 
 
मण्डलको बाँया हातको बुढी औलामा चोट लागेकाले उपचार भइरहेको छ । प्रहरी नायव उपरीक्षक श्रेष्ठले प्लास्टीकको पोकामा के थियो भन्ने अनुसन्धान भइरहेको बताए । प्रहरीका अनुसार झोलामा बम बा अन्य विस्फोटन पदार्थ भएको खुलिसकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ