arrow

राष्ट्रिय जनगणनाको तयारी 

logo
मुरली गोडिया,
प्रकाशित २०७६ मंसिर १८ बुधबार
tt.jpg

बर्दिया । राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा जिल्ला स्तरिय अन्तरक्रिया  गोष्ठी सम्पन्न भएको छ । तथ्याङ्क कार्यलय बाँकेले अयोजना गरेको गोष्ठीमा राष्ट्रिय जनगणना २०७८ को तयारीका लागी जिल्लाका सरोकारवाला निकाय संग अवश्यक रायसुझाव संकलन गर्ने उद्धेश्यले कार्यक्रम अयोजना गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा भएको गोष्ठिमा तथ्याङ्क कार्यालय नेपालगंज बाँकेका प्रमुख दानबहादुर ऐडीले जनगणनाको इतिहास, बर्तमान अवस्था, जनगणनामा समेटिएने विषय बस्तु लगायतका विषयमा प्रकाश पारेका थिए ।
 
कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को प्रस्तावित प्रचार प्रसारका योजना, देशभरमा सो कार्यका लागि खट्ने जनशक्तिको बाँडफाँड लगायतका विषयमा जानकारी गराइएको थियो । बर्दिया जिल्लामा ४ वटा जनगणना स्थानिय कार्यलय राखी निश्चित सिमानामा गई जनसंख्या बुझी तथ्याङ्क संकलन गर्ने जनाइएको छ । 

राष्ट्रिय जनगणना २०७८ का लागि देशभर गरि ५४ हजार जनशक्ति खटाइने जनाइएको छ । जस अन्तर्गत ४३ हजारको संख्यामा सुपरिवेक्षक, ९ हजारको संख्यामा गणक र २ हजार जति प्रशासनिक कार्यका लागी जनशक्ति खटाइने तथ्याङ्कक कार्यलय बाँकेका प्रमुख ऐडीले जानकारी दिए । 

राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा जिल्ला स्तरिय अन्तत्र्रिmया गोष्ठीमा बर्दिया जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको प्रमु्ख तथा प्रतिनिधी, नागरिक समाजका अगुवा, जिल्ला स्थीत राजनितिक दलका प्रमुख एवं प्रतिनिधी, स्थानिय जनप्रतिनिधी, संचारकर्मी लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।   
कार्यक्रमबारे जानकारी दिदै प्रमुख ऐडीले अगामी जनगणना २०७८ को तयारीका निम्ती प्रदेश तथा जिल्ला र स्थानिय कार्यलय स्थापना, गणना सामाग्र ढवानी, विभिन्न चरणको तालिम संचालन, लगत सुची संकलन, मुख्य गणना कार्य संकलन, भरिएका प्रश्नवलि संकलन लगायतका कार्य गरिने बताए ।

जनशक्ति र अन्य स्रोत प्रक्षेपन सहितको परियोजना डकुमेन्ट तयार गर्ने, जनगणनाका लागी ७ सय ५३ स्थानिय तहको गणना नक्शाको तयार गर्ने कार्य गर्ने लगायतका विभिन्न कार्यहरु गरिने उनले जानकारी गराए । 

कार्यक्रमका सहभागीहरुले विभिन्न राय सुझाव दिने क्रममा राजपा बर्दियाका केशव यादवले बर्दिया जिल्लामा तथ्याङ्कक संकलगन गर्ने समयमा यहाँ पढे लेखेका तर वेरोजगार स्थानिय युवाहरुलाई रोजगारीको रुपमा कार्य गर्न सुझाव दिए । यहाँको भाषा, भौगोलिक बनौट, स्थानिय बासिन्दाहरुसंग घुलमिल हुने खालका स्थानिय जनशक्ति खटाउनुपर्नेमा जोड दिए । 

नेकपा बर्दियाका प्रतिनिधि कोलराज पुरीले भाषा तथा स्थानियको कुरा बुझना सक्ने जनशक्ति खटाउनु पर्नेमा जोड दिंदै यस कार्यमा सवैजनालाई सहभागी गराउनु पर्ने बाताबरण निर्माण गर्नु पर्ने बताए । 

कार्यक्रममा नेपाली कंगे्रसका कैलाश अधिकारीले स्थानिय युवाहरुका लागी रोजगारी अवसर पनि भएको भन्दै अहिले प्राप्त राय सुझाव तथा प्रश्नवलिका सन्दर्भमा आएका छलफलका कुरालाई तत्काल सम्बन्धित निकाय सम्म पुर्याउन तथ्याङ्कक कार्यलयसंग अनुरोध गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ