arrow

बागलुङको रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयद्धारा एक करोड बढी संकलन

logo
कौरव खत्री
प्रकाशित २०७६ मंसिर २१ शनिबार
ratnarajaya-mavi-gulmi.gif

बागलुङ। बागलुङको रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयले १ करोड भन्दा बढी आर्थिक संकलन गरेको छ। गलकोट नगरपालिका ११ रिघास्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयको लागि स्वदेश तथा विदेश र विभिन्न व्यक्ति तथा संघ संस्था समेतबाट गरि हालसम्म १ करोड १० लाख रकम संकलन गरिएको रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयका शिक्षक एवं महोत्सव प्रचार प्रसार समितिका संयोजक नारायण पौडेलले जानकारी दिए।

“प्रविधियुक्क्त गुणस्तरीय शिक्षा सुदृढ भौतिक पूर्वाधार हाम्रो इच्छा” भन्ने मुल नारा सहित विद्यालयले आफ्नो ६० औ‌ं बर्ष मनाउन गइरहेको छ। यस अवसरमा आउँदो मंसिर २५देखि २९ गतेसम्म विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमहरु सहित विद्यालयमा हिरक महोत्स हुन गइरहेको छ।

२०१६ सालमा स्थापना भएको विद्यालयले हीरक महोत्सवको तयारीसँगै आर्थिक संकलन अभियानलाई तिव्रता दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ