arrow

म्याराथनमा पुष्पालाई रजत पदक

logo
प्रकाशित २०७६ मंसिर २१ शनिबार
sag-athletics-puspa-silver.jpg

काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत एथलेटिक्सको म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी छिन् । 

उनले ४२ किलोमिटर म्याराथन दौडमा रजत पदक जितेकी हुन् । श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जितिन् । उनले २ घण्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण जितेकी हुन् । त्यस्तै भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गरिन् । भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पारिन् ।      

पुरुषतर्फ भने किरण सिंह बोगटीले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण पदक दिलाए ।

सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जिते । उनले २ घण्टा २१ मिनेट ५७ सेकेन्ड समय लगाउँदै रजत जितेका हुन् । भारतकै श्रे सिंहले कास्यपदक हात पारे । उनले २ घण्टा २२ मिनेट ०७ सेकेन्डसहित कास्य जितेका हुन् । 
     
एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पारे । उनले १ मिनेट ५१.४४ सेकेन्डको समय खर्चे । १ मिनेट ५०।५२ सेकेन्डको समयसहित श्रीलङ्काका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१।२५ सेकेन्डको समयसहित रजत पदक हात पारे । । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ