- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय उद्योगपति मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको १२ डिसेम्बर २०१८ मा विवाह सम्पन्न भएको हो । विवाहको आज एक बर्ष पुगेको छ । सो बिबाहमा बलिउडका हस्तिहरु अमिताभ बच्चन, शाहरुख खान, आमिर खान र ऐश्वर्या राय बच्चन भान्से बनेका थिए ।
सो विवाहको भिडियो तथा तस्वीरहरु सार्वजनिक पनि भएका छन् । जसमध्ये केही भिडियोहरु भाइरल बन्न पुगेका थिए । उक्त भिडियोहरुमा भने अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय बच्चन र आमिर खान सबै पाहुनाहरु खाना पस्किरहेको देखिन्छन् ।
सामाजिक सञ्जालमा उनीहरुलाई सो भिडियोमा देखिएको दृश्यको विषयमा मजाक बनाइएको थियो । यद्यपि अभिषेक बच्चनले यसको कारणको खुलासा गरेका थिए । उनका अनुसार यो ‘सज्जन घोट’ नामको भारतीय परम्परा हो । यो परम्परामा बेहुलीका परिवारहरु बेहुला पक्षलाई खाना खुवाउँछन् ।
यो परम्परा पछ्याउँदै भारतीय हस्तीहरुले पाहुनालाई खाना पस्किएको बच्चनले बताए । यो विवाहमा एक घटनाले पूरै माहोल भावुक बनाएको थियो । बेहुला बेहुली मण्डपमा पुगेपछि बजाइएको एक रेकर्डिङले माहोल नै भावुक बनाएको थियो ।
सो क्रममा लता मंगेशकरको आवाज सुनाइएको थियो । कन्यादानको समयमा बजाइएको यो रेकर्डिङमा मंगेशकरले यो जोडीलाई बाधाई दिँदै आशीर्वाद पनि दिएकी थिइन् ।
ईशा अम्बानी र आनन्द पीरामलको विवाह मुम्बईको एन्टीलियामा सम्पन्न भएको थियो । सो भव्य विवाह समारोहमा व्यापारी , राजनीतिज्ञ र खेल जगतका कयौ दिग्गज व्यक्तिहरु सहभागी भए । ईशा अम्बानी र आनन्द पिरमल को विवाहमा बलिउडका स्टारको मेला नै लागेको थियो । करीना कपूर, सैफ अली खान, अनिल कपूर, आलिया भट्ट , रणवीर सिंह दीपिका पादुकोण, प्रियंका चोपडा, निक जोनास लगायत बलिउडका स्टार सो अवसरमा पुगेका थिए ।
विवाहमा ईशा अम्बानी र आनन्द पीरामल दुवै कलर कार्डिनेटेड आउटफिट लगाएका थिए । ईशाले गोल्डन कलरको लहंगा लगाएकी थिइन् साथै महंगो हिराको गहना लगाएकी थिइन् । त्यस्तै आनन्द पीरामल पनि गोल्डन कलरको शेरवानी लगाएका थिए । विवाहको बरमालाको समय व्याग्राउडमा सीता-रामको मिलनको धुन लगातार बजि रहेको थियो । सो सुनेर मुकेश अम्बानी, नीता अम्बानी र अनिल अम्बानी मुस्कुराइ रहेका थिए ।
ईशा-आनान्दको विवाह पुर्वको समारोहको भव्य रुपमा उदयपुरमा आयोजना गरिएको थियो । जसमा बलिउडका स्टार पुगेका थिए । jविवाहमा अमिताभ बच्चन, जया बच्चन, श्वेता बच्चन, नव्या नवेली नन्दा, आमिर खान, किरण राव, विधु विनोद चोपडा, अनुपमा चोपडा र उनको छोरी लगायत कयौ कलाकार अम्बानी हाउस, एन्टिला पुगेका थिए ।
विवाहमा मुकेश अम्बानीको घरमा देश विदेशका चर्चीत व्यक्तिहरु पुगेका थिए। विवाहमा बच्चन परिवार देखि लिएर कपूर खानदानका सबै प्रतिनिधि पुगेका थिए ।
यसका साथै हिलेरी क्लिन्टन पनि दुवैलाई बधाइ दिन पुगेकी थिइन् । गृहमन्त्री राजनाथ सिंह, ममता बनर्जी, पी चिदंबरम, मेनका गान्धी, शरद पवार र रजनीकांत जस्ता राजनीतिज्ञ पनि विवाहमा पुगेका थिए ।
ईशा र आनन्दको इन्गेजमेन्ट सेप्टेम्बर इटलीको लेक कोमोमा भएको थियो । त्यसमा करिब ६ सय अतिथी समावेश थिए । विवाहमा हजारौ पाहुना पुगेका थिए ।
आनन्द पीरामल ग्रुपका मालिक अजय पीरामलका छोरा हुन् । आनन्द आफ्ना पिताको कम्पनीको कार्यकारी निर्देशक हुन् । ईशा र आनन्द लामो समयदेखि एकअर्काका साथी थिए । यसका साथै अम्बानी र पीरामल परिवारबीच पनि करिब चार दशकदेखि गहिरो सम्बन्ध रहँदै आएको छ । इशा रिलायन्स जिओको जिम्मेवारी सम्हाल्छिन् । उनी रिलायन्सको टेलिकम र रिटेल कम्पनीकी निर्देशक हुन् ।