arrow

दृष्टिविहीनमाथि जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद    

logo
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
arrest-final.jpeg

नुवाकोट । दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको छ ।     
     
बलात्कार कसुरमा पक्राउ परेका तामाङलाई दोषी ठहर गर्दै जिल्ला अदालतका न्यायधीश उमेशप्रसाद लुइँटेलको इजलासले बुधबार १० वर्ष कैद सजाय र रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार शिवप्रसाद बञ्जाराले जानकारी दिए ।      
     
जबर्जस्ती करणी कसुरमा सात वर्ष र अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरेकाले थप तीन वर्ष गरी १० वर्ष सजायको फैसला भएको हो । तामाङमाथि २०७५ चैत ९ गते घरमा कोही नभएको बेलामा शौचालय गएकी दृष्टिविहीन युवतीलाई शौचालयमै जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ