arrow

जनज्योती बहुमुखी क्याम्पसका नवप्रवेशीहरुलाई सांसद तिमल्सिनाको स्वागत 

logo
दिपु मिश्र,
प्रकाशित २०७६ मंसिर २८ शनिबार
dev-timilsena-rautahat.gif

रौतहट। रौतहटको क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले शिक्षामा लगानी गर्न जोड दिएका छन्। शुक्रबार स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनमा चन्द्रपुर–६स्थित जनज्योती बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रमको उद्घाटन पछि मन्तव्य राख्दै उनले सो कुरा बताएका हुन् । 

सांसद तिमल्सिनाले स्थानिय निकायमा लाखौं लाखको गाडि किनेर चढ्न कसैसंग सोध्नु नपर्ने तर शिक्षा क्षेत्रमा लगानी गर्न बैठकबाट पास गराउने नाममा ढीलाई गरिएको विषयमा स्थानिय जनप्रतिनिधीहरुलाई सुझाव दिए।

सांसद तिमल्सिनाले क्याम्पसको शिक्षा स्तर सुधारमा क्याम्पस व्यवस्थापन सिमितिको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै गुणस्तरिय शिक्षामा जोड दिन आग्रह गरे।

जनज्योति बहुमुखी क्याम्पसमा आवश्यक कुन शिर्षकमा कति बजेट चाहिन्छ केन्द्रबाट ल्याउने जिम्मा लिदै सांसद तिमल्सिनाले प्रथम बर्षमा नयाँ भर्ना भएका सम्पुर्ण संकाय (बीबीएस, बीएड र बीए.)का बिद्यार्थी छात्र–छात्राहरुलाई खादा, अबिर र मायाको चिनो वितरण गर्दै शुभकामना सहित सम्मान गरे। 

कार्यक्रममा बिद्यार्थी नेता देवराज कार्कीको सहयोगमा प्रमुख अतिथि तिमल्सिनाले तेस्रो वर्षमा अध्ययनरत अपाङ्ग तथा दृष्टिबिहिन छात्र रंजित महतो र छात्रा दीक्षा पहाडीलाई नगद ५–५ हजार सहित प्रसंसा पत्रले सम्मान गरिएको थियो। 

कार्यक्रमका बोल्दै स्ववियु सभापति श्रेष्ठले स्ववियु चुनाव नजिकिदै गर्दा क्याम्पसमा बिभिन्न संगठनको आगमन हुने गरेको तीतो यथार्थको बारेमा स्मरण गराएका थिए। 

जनज्योति बहुमुखि क्याम्पसमा स्ववियुको पहलमा ३ बर्षमा करिव १ करोड बराबरको कार्य भईसकेको कार्यक्रममा जानकारी गराइयो।

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी,जन ज्योति बहुमुखी क्याम्पसका अध्यक्ष एकराज थापा,क्याम्पस प्रमुख बलराम गौतम,सहायक क्याम्पस प्रमुख राजन श्रेष्ठ, ईन्द्रबक्स गण चन्द्रनिगाहपुरका मेजर पदम पुरी,प्रेस युनियन रौतहटका सभापति यादवराज पुरी, महासमिति सदस्य मुकेश गिरी बिद्यार्थी नेताहरु, नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सचिव बिनोद गुप्ता, नवराज देवकोटा, सुवास कोईराला, देवराज कार्की, सूर्य बहादुर थापा, श्यामहरी चौलागाई, जन ज्योति बहुमुखि क्याम्पसका स्ववियु उप–सभापति गोपाल हुमागाई, अर्जुन चौधरी, प्रलाद मैनाली, संचारकर्मी सागर हुमागाई, पवन भट्ट, राजु लामा लगायत क्याम्पसका शिक्षक–शिक्षिका,बिद्यार्थी छात्र–छात्राहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ