arrow

नेकपाका उपाध्यक्ष थापासहित १७६ जना कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७६ मंसिर २८ शनिबार

ओखलढुङ्गा । जिल्लाको चिशंखुगढी गाउँ पालिका वडा नम्बर ६ कार्यकर्ता प्रशिक्षणका क्रममा नेकपाका नेता केशरबहादुर थापा मगरसहित १७६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

नेकपाका साविक गाविस उपाध्यक्ष थापा मगर, नेकपाकै डिकबहादुर बिक र खेम बहादुर थापा मगर, कविता थापा मगर, लेखराज कार्की, स्वतन्त्र युवाहरु सहित १७६ जना कांग्रेसमा प्रवेश गरेका हुन् । 

उक्त पार्टी प्रवेश कार्यक्रममा विभिन्न समयमा कांग्रेसमा रहेर पार्टीलाई योगदान गर्ने २१३ जनालाई सम्मान पनि गरिएको छ । 

नवप्रवेशीलाई जिल्ला सभापति प्रदिपकुमार सुनुवार, युवा नेता रामहरी खतिवडा र केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य खिलानाथ दाहाल, नेता दिल्ली खनाल, तेजेन्द्र खनालले स्वागत गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता खतिवडाले कांग्रेसले हार्दा मलाई कति पनि दुःख लागेको थिएन आज कम्युनिष्टले जित्दा देश र ओखलढुंगाको विकासले हारेको देख्दा  आफू निकै दुःखी भएको बताए । 

उनले भने, ‘हामीले हार्दा मोलुङ एक वर, लिखु एक वर, दूध कोशी एकवर, लगायत थुप्रै  हाम्रो पालामा शुरु भएका योजनाहरु हारेकोले दुःख लागेको छ । दुई तिहाइको सरकारले करको भारी, बलात्कार र महँगीमात्र दिएको छ ।’

उनले भने, ‘कम्युनिष्ट सिद्धान्तलाई मन पराएर तपाईहरु कम्युनिष्ट हुनु भएको हुँदै होइन । हिजो नेपाली काङ्ग्रेसबाट निर्बाचित हामी जनप्रतिनिधि वा नेपाली काङ्ग्रेस जिल्ला, नगर, क्षेत्र र गाउँ विकास समितिको पदअधिकारीहरुले गरेको हरेक मसिना–मसिना नकारात्मक क्रियाकलापले गर्दा हाम्रो बिचारहरु चुडिएको थियो, फाटिएको थियो ती विचारहरु बल्ल निकै समयको अन्तरालपछि गाँसिएर सिलाएका छौं । अब नेपाली काङ्ग्रेस त्यो गल्तीलाई  दोहोरिन दिने छैन । ती विचारहरुलाई  मजबुद र दरिलो बनाउन  जे सुकै त्याग गर्न नेपाली काङ्ग्रेस ओखलढुंगा तयार छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ