arrow

मापसेले लियो ज्यान     

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
mapase.jpeg

पर्वत । पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् ।    
 
अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
     
यता, बाजुरा जिल्लास्थित बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जङ्गबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन् ।    
 
प्रहरीले विष्टको मृत्युबारे अनुसन्धान जारी राखेको जनाएको छ । विष्ट मालिका नमूना माविमा कार्यरत थिए । आवश्यक अनुसन्धानपछि मात्र शव परीक्षण गर्नुपर्ने माग आफन्तले राखेका छन् ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ