arrow

नेकपाको गढ भत्काउदै ओखलढुंगा कांग्रेस

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
okhaldhunga-congress.jpg

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले पछिल्लो समयमा नेकपाको गढ मानिएका जिल्लाका विभिन्न क्षेत्रमा आफ्नो उपस्थितिलाई दर्विलो बनाउदै गएको छ । विगत लामो समय देखि तत्कालिन एमालेले आफ्नो प्रभुत्व कायम राख्दै आएका क्षेत्रमा पुगेर कांग्रेसले धमाधम पार्टी प्रवेशको कार्यक्रम राखेको हो ।

गत महिना जिल्लाको चिशंखुगढी गाँउपालिका ७ माम्खाबाट नेकपाको गढ भत्काउन थालेको ओखलढुंगा कांग्रेसले शनिबार मात्रै सोही गाँउपालिका वडा नम्बर ६ भदौरेमा १ सय ७३ जना पार्टी प्रवेश गरायो । पार्टी प्रवेश गर्नेहरुमा तत्कालिन एमालेबाट गाँउविकास समितिका उपाध्यक्ष समेत रहेका छन् । तत्कालिन नेकपा एमालेका नेता छविलाल कार्कीलाई माओवादीका कार्यकर्ताले कुटेर मारेपश्चात समानुपातिक सांसद समेत रहेकी कार्कीकी श्रीमती सकुन्तला राजभण्डारी (कार्की) को वडाबाट १ सय ७३ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नुलाई राजनीति बृत्तमा अर्थपूर्ण रुपमा हेरीएको छ ।

चिशंखुगढी गाँउपालिका वडा नम्रब ६ भदौरे र ७ माम्खामा कांग्रेसको संगठन निकै कमजोर थियो । तत्कालिन नेकपा एमालेले एकछत्र शासन गर्दै आएको वडा नम्बर ६ र ७ मा निर्वाचित वडा अध्यक्षहरुले नागरिकका काम गर्दा पार्टीको सदस्यता हेरेर मात्रै गर्ने गर्ने गरेकाले जनतालाई पिडा बोध भएको भदौरेका पूर्व गाविस उपाध्यक्ष केशरबहादुर थापा मगरले बताए ।

कम्यूनिष्टले जितेको वडा भदौरेमा सेवा लिन जादा समेत पार्टीसदस्यता हेरेर काम गर्ने गरेको स्थानीय दलित अगुवा निर्पध्वज गदाइलिले गुनासो गरे । कांग्रेसको सदस्यता लिएका क्षेत्रमा वडाले बजेट नै नदिने, सिफरीस लिन जाँदा समेत कांग्रेस पार्टीमा लागेको भनेर रोक्ने, दुख दिने गरेको गुनासाहरु नागरिकतहबाट आउने गरेको गदाइलिले बताए । नेकपाका यस्ता हर्कत सहन नसकेर धेरैजसो स्वतन्त्र नागरिकहरु कांग्रेसमा प्रवेश गरेको उनको भनाइ छ ।

यस क्षेत्रका युवा बलराम कटवालले संयोजन गरेर राखेको सम्मान तथा प्रशिक्षण कार्यक्रममा युवा पुस्ताहरुको समेत राम्रो उपस्थिति रहेको थियो । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र वडा अध्यक्ष उठेका कटवाल पछिल्लो समयमा नेपाली कांग्रेसको जिल्ला सदस्य भएर काम गर्न थालेपछि भदौरेमा कांग्रेसले पहिलो पटक यति ठुलो कार्यक्रम गरेको जिल्ला नेताहरुले बताएका छन् । कट्वालको सक्रियतामा भएको उत्त सम्मान, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रलाई निकै व्यवस्थित बनाइएको भन्दै स्थानीय तथा जिल्लाका नेताहरुले खुसी व्यक्त गरे ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाको साविक गाविस उपाध्यक्ष केशरबहादुर थापा मगर, नेकपाकै डिक बहादुर बिक स्वतन्त्र युवाहरु खेमबहादुर थापा मगर, कविता थापा मगर, लेखराज कार्की सहित १ सय ७३ जना नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेका कार्यक्रमका संयोजक तथा कांग्रेस जिल्ला सदस्य बलराम कट्वालले जानकारी दिए । उनिहरुले नेकपाको गतिविधि प्रति आजित भएरपनि नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई अनुसरण गर्दै स्वस्फूर्तरुपमा कांग्रेसमा आएका कटवालले बताए । सो कार्यक्रममा बिबिध समयमा काङ्ग्रेसमा रहेर पार्टीलाई योगदान गरेका २ सय १३ जनालाई सम्मान समेत गरिएको उनले जानकारी दिए ।

लोकतान्त्रीक आन्दोलन देखि हाल सम्म निरन्तर लोकतान्त्रिीक विचारमा रहेर पार्टीलाई सहयोग गरेको भन्दै निहरुलाई प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको छ । नव प्रबेशीलाई काङ्ग्रेस जिल्ला सभापति प्रदीप कुमार सुनुवार, संविधानसभा सदस्य रामहरी खतिवडा र केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानका सदस्य खिलानाथ दहाल, नेता दिल्ली खनाल, तेजेन्द्र खनालले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै अतिथिहरुले कांग्रेसको हार भन्दा पनि नेकपाको जितपश्चात जिल्लको विकास र शुशासनले हारेको प्रतिकृया जनाएका छन् । नेकपाले प्राय आफ्नो विर्ता ठान्ने यो क्षेत्रका नागरिकहरु धमाधम कांग्रेसमा प्रवेश गरेपश्चात जिल्लाको राजनीति बृत्तमा निकै छलफल बहस हुन थालेको जिल्लाका नेताहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ