arrow

आगलागीबाट घर जलेर नष्ट , लाखौको क्षती

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७२ चैत ३० मंगलबार
agalai-photo.jpg.jpeg
 बझाङ । सोमबार राती अकस्मात सल्केको आगोबाट एक घर सहित लाखौंको धनमाल नष्ट भएको छ । बझाङ्गको जयपृथ्वी न.पा ४ सदरमुकाम चैनपुर स्थित रोजन वि.कको  भान्सामा छोपीएको आगो सल्केर आगलागी भएको हुन सक्ने प्रहरीको भनाई छ । 
 
आगलागी भएको थाहा भए पछि स्थानिय बासीले प्रहरी लाई खबर गरेका थिए । स्थानिय बासी नेपाल प्रहरी र नेपाली सेनाको सयुक्त टोलीले १ घण्टा पछि आगलागीलाई नियन्तणमा लिएको थियो । घर पुरै जलेर नष्ट भएको भएपनि केही कागजात र पैसा नेपाली सेना र प्रहरीको टोलीले उद्घार गरेको बताईएको छ ।  राती ११ बजे बजे तिर भएको आगलागीमा कुनै मानबिय क्षती भने भएको छैन् । 
 
आगलागी बाट करिब आठ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  साँघुरो गल्ली  वरीपरी घर भएको र दमकल छिर्ने बाटो नभएकोले आगो नियन्तणमा लिन १ घण्टा लागेको स्थानिय वासी राकेश सिहंले बताए । खुख्सा मौसम र केही महिना देखि पानी नपरेका कारण आगलागीका घटना हरु दिन प्रति दिन बढदै गई रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ