arrow

साकर्टुक महासचिव बस्नेत भन्छन् –विश्वको राजनीतिक मुद्दा नै आप्रवासी कामदार 

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार

काठमाडौं । दक्षिण एसियाली ट्रेड युनियन परिषद् (सार्कटुक) का महासचिव लक्ष्मणबहादुर बस्नेतले अहिले विश्वको राजनीतिक मुद्दा नै आप्रवासी कामदार बनेको बताएका छन् । 

नेपाल ट्रेड युनियन कांग्रेस, वैदेशिक रोजगार तथा आप्रवासन विभागले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो विचार राखेका हुन् । 

उनले विश्व राजनीतिमा आप्रवासन मुद्दा प्रमुख बनिरहेको छ । युरोप लगायत विकसित मुलुकहरुमा आप्रवासी कामदार रोक्छु भन्नेले चुनाव जितिरहेको बताउँदै नेपाली युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गर्नु पर्ने र विदेश पठाउनै परे सिप सिकाई सुरक्षित एवं मर्यादित काममा पठाउनु पर्ने विचार राखे । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले व्यवसायी संघको उदेश्य सुरक्षित वैदेशिक रोजगारी रहेको बताए ।

उनले नेपाली युवाहरूलाई सरकारले नै सिप सिकाएर मात्र रोजगारीमा पठाउनु पर्ने बताउँदै आप्रवासी कामदारहरुको समस्या समाधान गर्न सरकार र आईएलओले एनजिओसंग होइन ट्रेड युनियन र व्यवसायी संघसंग सहकार्य गर्नु पर्ने विचार राखे । 

ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले युवाहरुले रेमिट्यान्स नपठाएको भए यतिखेर देश टाट पल्टिसक्ने विचार राख्दै राज्य गम्भीर हुनु पर्ने बताए ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका मिडिया र माइग्रेसन अधिकृत सुजन कार्कीले वैदेशिक रोजगारीको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम ट्रेड युनियन कांग्रेस, वैदेशिक रोजगार तथा आप्रवासन विभागका संयोजक जनक पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ