arrow

पार्टीका शिर्ष नेताहरु गुटबन्दीमा लागेपछि महत चिन्तित, 'हामी विपक्षसँग लड्ने हो'

पार्टी गुटबन्दीमा हैन एक भएर चल्नुपर्छ : डा. महत

logo
नारायण रिजाल,
प्रकाशित २०७६ मंसिर ३० सोमबार
mahat7.jpg

बागलुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेस पार्टी गुटबन्दीको अन्त्य गरी एक भएर चल्नुपर्ने बताएका छन । उनले पार्टीका शिर्ष नेताहरु गुटबन्दीमा लागेकोमा चिन्ता प्रकट गरेका छन । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता महतले पछिल्लो समयमा पाटीभित्र गुटउपगुटको खेती झनै मौलाउँदै गएको हुँदा यसको अन्त्यका लागि तल्लो तहबाट दबाब सिर्जना गर्नुपर्ने बताए । उनले शिर्ष नेताहरुका कारण पछिल्लो पुस्तासम्म गुटको प्रभाव परेको हुँदा यसको अन्त्य गरेर एक भएर अगाडी बढनुपर्ने बताए ।

उनले नेतृत्व विच छलफल भएको १४ महाधिवेशनको मुद्धालाई सहमतीले निर्णय गरेर सभापति अगाडी बढ्नुपर्ने बताएका छन । सहमती गरेर समयावधी बढाऔं नेता महतले भने, नेतृत्वले सवैको कुरा सुन्नुपर्दछ, हामी विपक्ष सँग लड्ने हो, आफु–आफु त सहमती बनाएर अगाडी बढ्ने हो । उनले समायवधि सकिएका भातृ एवं सुवेक्षुक संस्थाको यथा शिघ्र छिटो अधिवेशनको बाटोमा जानुपर्ने बताए ।

पुर्व अर्थमन्त्री समेत रहेका डा. महतले कांग्रेसको ल्याएको बलियो अर्थनितिको सिद्धान्तले राज्य बलियो भएको दाबि गरे । हामीले खुल्ला अर्थ नितिको सिद्धान्त ल्यायौं । डा. महतले भने, ‘यही सिद्धान्तलाई अहिलेको सरकारले पनि आत्मसाथ गरेको छ ।, कांग्रेसले बोकेको राजनितिक विचारमा सवै आउन बाध्य भएका छन । उनले कांग्रेसले खोजेको समाजबादको पक्षमा सरकार विस्तारै लाईनमा आएको बताए ।

नेता महतले पछिल्लो समयमा सरकारले लगाएको करको विषयमा बोल्दै भने, करको सुरुवाती कांग्रेसकै सरकारका पालामा भएको हो । , उ बेला कम्युनिष्टका साथीहरु चोक चोकमा हाम्रो पुत्ला दलन गर्न हिडनुभयो, तर अहिले सरकारले त्यही हरेक क्षेत्रमा लगाउने करमा बृद्धि गरेको छ खै जनताको पक्षमा बोलेको यदी जनताको पक्षमा बोल्ने हो र कर महंगो भएको हो भने अहिले पनि पुत्ला दलन गर्नुपर्‍यो नी । आफ्ना पालामा जे भए पनि राम्रो अरुका पालामा भएकोलाई नराम्रो ठान्ने प्रबृतिले देश कसरी माथि जान्छ ?  महतले सरकारले आफ्ना गतिविधिले आफ्नो लोकप्रियता दिनानुदिन घटाउँदै गएको बताए ।

कार्यक्रममा पुर्व यज्ञ बहादुर थापाले कांग्रेस मुलुकको लोकतन्त्रको रक्षा गरेको पार्टी भएको हुँदा आफ्नो संगठन बलियो बनाएर लैजाने बताए । उनले सरकारका काम प्रति जनता आजित भएको हुँदा आउँदा दिनमा पुन कांग्रेसलेलाई नै देश समाल्ने अवसर मिल्ने बताए । कार्यक्रम कांग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षता महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायको स्वागत र सचिव नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ