arrow

क्रिस्मस र नयाँ बर्षमा ओपोको मितब्ययी फोन, यस्ता छन् विशेषता

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
Oppo-A9-2020.jpg

काठमाडौं । ओपोले नेपालमा सर्वाधिक लोकप्रियता कमाउन सफल आफ्नो ए-सिरिज अन्तर्गतको, एनाइन २०२० लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ । नजिकिँदै गरेको क्रिस्मस र नयाँ बर्ष लक्षित गर्दै कम्पनीले सो फोन ल्याएको हो ।

यसै बर्षको सेप्टेम्बर महिनामा मरिन ग्रिन र स्पेस पर्पल गरी दूई आकर्षक रंगमा सार्वजनिक एनाइन २०२०ले बजारमा सर्वाधिक मितब्ययी मूल्यमा उपलब्ध ८ जीबी स्मार्टफोनका रुपमा समेत निकै लोकप्रियता कमाएको छ, सोही फोन अब कम्पनीले भ्यानिला मिन्ट ईडिसनमा सार्वजनिक गरेको हो ।

ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टिटास्किङमा सहजताका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्ल्याटफर्म जडान गरिएको छ । साथै, यसमा ८ जीबी र्‍यामका साथमा १ सय २जीबी सञ्चय क्षमतापनि उपलब्ध गरिएको छ । यसमा रहेको ११ एनएम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्नुका साथै, उर्जा खपतमा समेत तेवा पुर्‍याउँछ ।

फोनमा प्रयोगकर्तालाई उत्कृष्ट क्यामेरा अनुभव प्रदान गर्ने सोचका साथ एफ १.८ एपर्चरका सहितको ४८एमपी लेन्स र १ सय १९ डिग्रि फिल्ड अफ भ्यू  दिने अल्ट्रा वाइड ८-एमपी लेन्सपनि उपलब्ध गरिएको छ । यो उपकरणले फोरके भिडियोपनि सपोर्ट गर्छ ।

यसमा रहेको ५ हजार एमएएच क्षमताको ब्याट्री समग्र फोनकै महत्वपूर्ण सेलिङ पोइन्टका रुपमा रहेको छ । फोनको साधारण प्रयोग गर्दा यसमा रहेको ब्याट्रीले मज्जाले एक दिन भन्दा लामो समय सम्म टिक्छ । लामो समयसम्म गेमिङ तथा चलचित्रको मज्जा लिनेहरुका लागि समेत यो फोन निकै उपयुक्त छ । लगातार एचडी भिडियोको मज्जा लिँदा समेत फोनको ब्याट्री आरामले ११ घण्टा सम्म टिक्छ ।

कम्पनीको नेपालभर रहेका प्रमुख विक्रि केन्द्र मार्फत ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसन सहजै उपलब्ध गरिएको छ । कम्पनीले यसको बजार मूल्य रु. ३३ हजार ५ सय ९० निर्धारण गरेको छ । फोन बजारमा ग्रिन र स्पेस पर्पल रंगमा पनि उपलब्ध रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ