arrow

सिड्नीमा जनसम्पर्कको अन्तर्क्रिया र चियापान

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
nepali-congress-flag.jpg.jpeg

अष्ट्रेलिया। हालै मात्र अष्ट्रेलियामा गठन भएको नेपाली कांग्रेस जनसम्पर्क समिति न्यू साउथवेल्स राज्य समितिले गत आइतवार चियापान र अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। नेपालीहरुको वाक्लो वस्ती रहेको अष्ट्रेलियाको ब्यापारिक सहर सिड्नीको एसफिल्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले नवगठित न्यूसाउथवेल्स राज्य समितिका नयाँ कार्य समिति र सल्लाहकारहरुलाई शुभकामना दिदै प्रवाशमा रहेका कांग्रेस सर्मथितहरु एक ढिक्का भएर अघि वढ्ने विश्वास ब्यक्त गरेका थिए।

लामो समयदेखि प्रवाशको पार्टी राजनीतिमा सकृय रहेका युवा नेता तथा नवगठित जनसम्पर्क समितिका अध्यक्ष इथान शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका पाका नेता तथा नुवाकोट जिल्लाका पूर्व पार्टी सभापति ध्रुव अधिकारी, चितवन रत्ननगर नगर समितिका पार्टी सभापति रुपनराज घिमिरे, सञ्चारकर्मी किरण खनाल अतिथिका रुपमा रहेका थिए।

कार्यक्रममा वोल्दै नेता ध्रुव अधिकारीले पार्टीभित्र गुट हुनु नौलौ विषय नभएपनि त्यसलाई सम्वोधन गरेर सवैका आवाजलाई मिलाएर पार्टी संगठनलाई वलियो वनाउदै अघि वढ्नुपर्ने वताए। अहिले अष्ट्रेलियामा रहेको पार्टीको वास्तविक सांगठनिक परिस्थितिलाई आफुले नजिकवाट नियालिरहेको र यहाँको गतिविधिका वारेमा पार्टी केन्द्रलाई आफुले प्रतिवेदन नै लेखेर वुझाउने वताए।

‘एनएसडब्ल्यूमा जसरी पार्टी मजवुत वनाउन नयाँ कार्यसमितिले काम गरिरहेको छ, तपाईहरु जसरी लाग्नुभएको छ, त्यसले हामीलाई निक्कै हर्षित वनाएको छ। शाक्यजीको टिमले पार्टी संगठन दरिलो वनाउन राम्रो सुरुवात गरेको आभाष भएको छ, यसलाई निरन्तरता दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।’ नेता अधिकारीले भने।

कार्यक्रमका अर्का अतिथि नेपाली कांग्रेसका युवा नेता तथा रत्ननगर नगर सभापति रुपनराज घिमिरेले अष्ट्रेलियामा पार्टीको कार्यक्रममा सहभागि हुन पाउदा निक्कै खुसी लागेको वताए।

जनसम्पर्क समितिका संस्थापक तथा युवा नेता दिनेशराज जोशीले पार्टीभित्र रहेका विवादलाई सुल्झाई अघि वढ्नुपर्ने आवश्यकता आएकोले यसको भूमिकाका लागि एनएसडब्ल्यू राज्य समिति लाग्ने विश्वास ब्यक्त गरे। कार्यक्रममा जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष छिरिंग शेर्पाले पार्टी ब्यक्तिवादी भन्दापनि संस्थाको रुपमा अघि वढ्नुपर्ने वताए।

समितिका महामन्त्री एवं युवा नेता सुर्य खनालले सञ्चालन गर्नु भएको कार्यक्रममा अध्यक्ष इथान शाक्यले आफुहरुले कसैसंग प्रतिस्पर्धा गर्न नभई पार्टी संगठनलाई वलियो वनाउन एनएसडब्ल्यू राज्य समिति गठन गरेको र त्यसको सारथी आफु वनेको वताए। हामी प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने र कांग्रेस पार्टी संग निकट सवैसंग सहकार्य गरेर अघि वढ्न चाहान्छौं, यो कसैलाई काखा, कसैलाई पाखा वनाउन गठन भएको हैन, यति धेरै नेपाली भएको यो राज्यमा पार्टीको उपस्थिति दरिलो वनाउन आज यो गठन गर्नुपरेको हो, शाक्यले वताए।

कार्यक्रममा नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्च (एनएडिएफ) का अध्यक्ष विवेक थापा, कांग्रेसका स्थानिय नेताहरु सुरेन्द्र सापकोटा, डिल्लीराज ढकाल महाधिवेशन प्रतिनिधि कन्चन पोखरेल, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्ले, एनआरएन आइसीसी सदस्य अरुण ठाकुर, एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, वरिष्ठ पत्रकार माधव गैरे, झापाली समाजका अध्यक्ष उमेश पोखरेल, ल्यूमिया नेपाली समाजका अध्यक्ष एवं पत्रकार प्रकाश हुमागाई, नारी निकुन्जकी प्रतिनिधि अन्जना वस्नेत, रामजी वस्नेत, परेश घिमिरे, विश्वमित्र खनाल, भूपाल सिटौंला, भिम वस्नेत लगायतको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ