arrow

'अलच्छिना सरकार' भन्ने प्रम ओलीलाई आफ्नै शब्दले गिज्याउदैछ

logo
तेजन खड्का,
प्रकाशित २०७६ पुष १ मंगलबार
KP-oli-talking-new.jpg.jpeg

काठमाडौं। दुई तिहाइ बहुमत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारमा भएपनि जनताको हितको प्रभावकारी कामहरु गर्न नसकिरहेको आरोप लाग्ने गरेको छ।

प्रतिनिधिसभा निर्वाचन नेपालको संसदको तल्लो सदन प्रतिनिधि सभाको २७५ सदस्य चयनका लागि दुई चरणमा २०७४ मंसिर १० र २०७४ मंसिर २१ मा सम्पन्न भयो ।  त्यसताकाका तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्ने हो भने आफैलाई लाज लाग्ने गर्छ होला ।  नेकपाको स्पष्ट बहुमत आयो भने के हुन्छ, ओलीले भनेका थिए, देश समृद्धी तर्फ मोडिनेमा कुनै शंखा छैन  । अझ गरिवले एक छाकको लागि भौकै मर्नु नपर्ने ,स्वास्थ्य शिक्षा लगायतका चिन्तै लिनु पर्दैन् । यो गफ होईन,सबै जिम्मा सरकारले लिन्छ । तर ५ बर्ष देश चलाउन देउ ।

तर यहाँ उठाउन खोजिएको कुरा अर्कै हो, मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले आफ्नै शब्दवाणीले आफैलाई गिज्याउदैछ । त्यसैपनि उखान टु्क्का सुनाएर ‘मनोरञ्जन’ मात्र दिलाउने ट्याग लागेको छ उनलाई ।

हाँस्य कलाकारको हसाँउने पेशा नै धरापमा पारेको आरोप छ उनीमाथि ।  केपी शर्मा ओलीलाई आफ्नो शब्दवाणी आफैले सुन्दा कस्तो लाग्ला खैर उनले नै जानुन। देउवा सरकारमा हुँदा उनले भनेका थिए,  अलच्छिना सरकार ! गाडी नपल्टिएको दिनै छैन । ओलीले जहाँ पुगे सडक दुर्घटनाको बिषयमा सान्तत्वना दिनुपर्ने देउवा सरकारलाई ‘अलिच्छिनी’ भएको बताए मात्रै । उनले भनेका थिए, यो सरकार बनेदेखि नै गाडी दुर्घटना भएको हो, बारम्बार भईरहेको छ। कस्तो अलच्छिना सरकार !’

‘विकास प्रेमी, नेपाली जनताले मन पराएको सरकारलाई हटाएर अर्कैको इशारामा एउटा यस्तो सरकार बनेको छ । यो सरकार बनेदेखि गाडी नपल्टिएको दिन नै छैन । उम्दै उलच्छिनी सरकार !’

केपी सरकार तपाई सरकारमा हुँदा झनै धेरै दुर्घटना भएको छ, तपाईलाई कस्तो सरकार भन्ने ? चियापसलमा गफिनेहरु सर्वसाधरणको भनाई यस्तै छ ।

‘अलच्छिना’ होइन, सभ्य भाषामा कांग्रेसले सम्झायो ओली सरकारलाई !
दुर्घटनाको बिषयलाई लिएर कांग्रेसले दु:ख प्रकट गरेको छ । कांग्रेसले केपी सरकार जस्तो असम्य भाषा प्रकट गर्ने मनशाय राखेन।  कांग्रेसले सिन्धुपाल्चोकमा आईतबार बिहान भएको बस दुर्घटनामा १५ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएकोप्रति दुःख समेत व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको आईतबार बसेको बैठकले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ । बैठकले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको उचित उपचारको प्रबन्ध गर्न ओली सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसले कात्तिक र मंसिरमा बाग्लुङ, सुनसरी, अर्घाखाँची, सिन्धुपाल्चोक लगायत जिल्लामा भएका सडक दुर्घटनामा परेर घाइते भएका पाँच दर्जनभन्दा बढी व्यक्तिको निधन र सडक दुर्घटनामा देशव्यापीरुपमा मृत्युको तथ्यांक बढेकोप्रति कांग्रेसले चिन्ता व्यक्त गरेको छ । ‘यस्तो अवस्थामा सडक यात्रामा नागरिक जीवनको रक्षा गर्नुपर्ने सरकार कहाँ छ भन्ने प्रश्न उब्जिएको छ,’ कांग्रेसले जनाएको छ ।

कांग्रेसले विज्ञप्तिमार्फत बाँकेको कोहलपुरमा विद्यालय प्रवेशद्वार अघिल्तिरै बालिकालाई ट्रकले कुल्चनु र घटनामा प्रहरीले संयमता नराख्दा थप द्वन्द्व सिर्जना हुनु दुःखद् भएको समेत स्पष्ट पारेको छ । घाइते बालिकाको सम्पूर्ण उपचार गर्न कांग्रेसले सरकारसमक्ष माग गरेको छ । कांग्रेसले केन्द्रीय समिति बैठकपछि विज्ञप्ति जारी गरेर सडक दुर्घटना नियन्त्रण गर्न सरकार असफल भएको ठहर गर्दै दुर्घटनाको मुकदर्शक नभएर दुर्घटना नियन्त्रणका लागि गम्भीर पहलकदमी लिन सरकारलाई अपिल गरेको छ ।

बैठकले मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा बम विस्फोटमा परेर प्रहरी निरीक्षक अमिर दाहाल र अन्य दुई जना नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनाको भत्र्सना गर्दै कांग्रेसले बम विस्फोट गराउने दोषी जो भएपनि कानूनी दायरामा ल्याउने कर्तव्य निर्वाह गर्न नसक्नु र शान्तिसुरक्षा कायम गर्न निरन्तर सरकार असफल हुँदै गएको भन्दै चिन्ता प्रकट गरेको छ ।
 
दुर्घटना न्यूनिकरण गर्न ओली सरकारको आग्रह
यता प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न प्रधानमन्त्री ओलीले गृह तथा भौतिक मन्त्रालयका पदाधिकारीलाई आज प्रधानमन्त्री निवासमा बोलाएर त्यस्तो निर्देशन दिएका हुन् ।
    
गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ तथा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतलाई प्रधानमन्त्रीले संयुक्तरुपमा निर्देशन दिएको हो ।

भावुक रुपमा प्रस्तुत भएका  प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी सडक नियम पालना गराउन निर्देशन गराए ।

“सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिसे भएको खबर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ” प्रधानमन्त्री ओलीले भने, ‘‘यस्ता दुर्घटनाले ठूलो सङ्ख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ । यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु पर्‍यो ।’’

‘‘सिट भन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस “प्रधानमन्त्री ओलीले भने, ‘‘सडक पूर्वाधारको स्वीकृति गर्दा दोहोरो सवारी नचल्ने संरचना स्वीकृत नगर्नुस्, तीब्र गतिका सवारीलाई रोक्ने गरी संरचनाको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस् ।”    
    
हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणको छानबिन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ