arrow

कांग्रेस पूर्व सांसद ढुंगेलको उपचारका क्रममा निधन, देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
rameshwor-dhungel1.jpg

काठमाडौं ।  संविधानसभाका सांसद, नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति रामेश्वरप्रसाद ढुंगेलको निधन भएको छ । उपचारका क्रममा  ढुंगेलको मंगलबार त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो ।

ढुंगेल संविधान सभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

नेपाली कांग्रेस पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । स्वर्गीय ढुंगेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामेश्वरप्रसाद ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्  । स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 साथै, उनको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ