arrow

उखुको भुक्तानीको माग गर्दै किसानले गरे तालाबन्दी

नदिए मिल संचालन हुन नदिने चेतावनी

logo
नन्दु यादव,
प्रकाशित २०७६ पुष १ मंगलबार
ukhu-mill.jpg

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाका किसानहरुले उखु को भुक्तानी नपाएको भन्दै मिलमा ताला बन्दी गरिदिएका छन । प्रतापपुर गाउपालिको वडा न ८ पिपरपाती मा अवस्थित ईन्दिरा सुगर एण्ड एग्रो ईण्डष्ट्रिजको मुल गेट ,प्नशासन कक्ष र यश मिलका सन्चालकको स्वामित्वमा रहेको त्रिपुरेश्वर कण्डक्टर बेलाटारीको मुल गेटमा तालाबन्दी गरिएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।

 मिलका संचालकहरुले नै मिलमा अराजकता मचाएको आरोप समेत लगाउनु भयो ।मिलमा अराजकता बढदै गईरहेकोले अराजकता को बिरुद्ध मा लागि किसानहरुको भुक्तानी का लागि तालाबन्दी गरिएको वहाले बताए ।स्थानीय सयौको सख्यामा गएका उखु किसानहरुले मिलमा ताला लगाएका हुन।आ.ब२०७३/७४र २०७४/७५को लगभग १४करोड रुपैयाँ किसानहरुलाई भुक्तानी दिन बाकि रहेको छ ।

 पटकपटक प्रमुख जिल्ला अधिकारीको रोहबरमा सहमति हुदा पनि सहमति लाई बेवास्ता गरेकोले अब भुक्तानी नहुन्जेल तालाबन्दी नखोलिने जिकिर गर्नु भयो।मिल अझै पनि किसानहरुको भुक्तानी नदिए मिल समेत संचालन हुन नदिने अध्यक्ष यादवले बताए ।उखुको भुक्तानी नपाउदा स्थानीय किसानहरुले घर चलाउन धौधौ परेको किसान रघुबर कोईरीले बताए ।घरमा रहेका धान गेहु बेचेर समेत उखुबालिमा लगानी गरेकोले दिनचर्या चलाउन गार्हो भएको समेत बताए ।

उता अर्का किसान हरिलाल लोहारले किसानहरुले बैकबाट लिएको ऋण को सावा र ब्याज तिर्न नसकेको अवस्था रहेको बताए। कि त सरकारले उखुको समयमा भुक्तानी दिलाउने ब्यवस्थापन मिलाओस या सबै किसानको ऋण सरकारले मिनाहा गर्नु पर्ने बाताबरण मिलाउनु पर्ने बताए।घरमा छोरा छोरीको बिहे गर्न को लागि साहु महाजनहरु तथा बैक सग चर्को ब्याजमा ऋण लिई बिहेबारी गर्नुपर्ने अवस्था आएको अर्का किसान ओम प्रकाश सैथवारले बताए। यस्तै रहिरहने हो भने १०बर्षमा यश क्षेत्रका किसानहरुको जग्गा बैकहरुले कब्जा गर्ने र किसानहरुलाई भुमिहिन बनाउने दुखेसो पोखे ।

उखु भुक्तानी का लागि रघुवर कोईरीका अध्यक्षतामा १५सदस्यीय सघर्ष समिति समेत गठन गरिएको छ।जसमा गुलाब थारु ,दिपक राजभर , ओम प्रकाश सैथवार,हरिलाल लोहार सन्तोष राजभर गगासागर यादव रामजनक कोईरी ,धिरज कुशवाहा,शिशुपाल कुशवाहा,सोनु यादव, लगायतका किसानहरु रहेका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ