arrow

गौरिकाको जीतमा तल्कोटी राजा खलक र गाउँमा खुशियाली, पुर्ख्यौली घर आउन आग्रह

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ पुष २ बुधबार
gauruka-afanta-talkot.jpg

बझाङ । नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगितामा बझाङमा पुर्ख्यौली घर भएकी गौरिका सिंहले स्वर्ण पदक पाएर चर्चामा आएपछि उनका आफन्त र  छिमेकीहरु पनि खुशी भएका छन् । बझाङको तल्कोट गाउँपालिका ४ मेल्बीसौना पुर्ख्यौली घर भएकी गौरिकालाई यहाँका स्थानीयबासीहरुको चिनजान र उनलाई प्रत्यक्ष नदेखेको भएपनि आफ्नी छोरीले राष्ट्रिय ,अन्र्तराष्ट्रिय स्तरमा चर्चामा आएर आफ्नो पुर्ख्यौली ठाउँ र आफन्तहरुको पनि नाम चिनाए पछि बझाङका साथै तत्कोटबासीहरु उत्साहित भएका हुन ।

सोमबार तल्कोट गाउँपालिकाको खौलामा भेट भएका लोकेन्द्र सिंहले भने गौरिका सिंहका बाजे र हाम्रा बाजेहरु भाई भाई हुन् उनका बाजे कन्चनपुरको महेन्द्रनगर बसाई गएकाले उनलाई खासै नचिनेपनि उनको बिजयले हामीहरुलाई पनि गर्व लागेको छ । गौरिका सिंह देब बहादुर सिंहकी नातीनी हुन् भने पारस बहादुर सिंहकी छोरी हुन् । मालपोतमा सुब्बा रहेका उनका बाजे देब बहादुर २०१७ सालमा कन्चपुर झरेका थिए ।

तीन भाई मध्ये कान्छा रहेका गौरिकाका बुवा पारस सिंह सानै देखि कन्चनपुर  हुदै काठमाण्डौ पढेर डाक्टर भएका थिए । गौरिकाका बुवाले २०५० सालको एसएलसीमा नेपाल टप भएकी  गरिमा राणासंग बिहे गरेपछि बिगत १५ बर्ष देखि बेलायतमा बस्दै आएका छन् ।

तल्कोटी राजा खलक रहेका गौरिका सिंहको परिवारमा उनका बाजे र बुवाहरु तत्कोटमा रहेको कुल देबताको पुजा आराधना गर्न आउने गरेका भएपनि गौरिकाकी आमा र गौरिकालाई भने पुर्ख्यौली घरका आफन्तहरुले देखेका छैनन् । गौरिकाका बाजे देब बहादुर सिंहका भाईहरु र उनका काका पट्टीका सन्तानहरु कोही तराईतिर बसोबास भएपनि अधिकांश भने तल्कोटमा नै छन् ।

गौरिका सिंहले १३ औँ साग खेलको पौडि तर्फ ४ वटा स्वर्ण जितेको घरमा टेलिभिजनमा हेर्न पाउँदा हामीलाई पनि खुशी लाग्यो स्थानीय धिरेन्द्र सिंहले भने यस कुराले हामी सबैको ईज्जत प्रतिष्ठा बढ्नुका साथै अरुलाई पनि प्रेरणा मिलेेको छ । उनले भने, 'कहिले काँही यस्ता ख्याती प्राप्त ब्यक्तित्वहरुले पुर्ख्यौली घरतिर आइदिए अरुलाई पनि प्रेरणा मिल्नुका साथै उहाँहरुको सम्मान बढ्छ ।' सिंहले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ४ वटा स्वर्ण २ वटा रजत र ३ वटा कास्य पदक सहित नेपालको खेलकुद जगतमा ऐतिहासिक किर्तीमानी कायम गरेकी थिईन ।

तल्कोटी राजाको सन्तान रहेका यहाँका सिंह परिबारको अहिले पनि तल्कोटमा ऐतिहासिक दरबार रहेको छ। दरबारमा बस्ने चौतरिया रजवारका रुपमा परिचित नारायण बहादुर सिंहलाई अहिले पनि राजा साप भनेर बोलाउने र समाजमा पनि सोही अनुसारको सम्मान दिने गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ