arrow

राष्ट्रपतिले गरिन् विभिन्न मुलुकमा गैह्रआवासीय राजदूत नियुक्त

logo
प्रकाशित २०७६ पुष २ बुधबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसङ्घ र तीन मुलुकका आवासीय नेपाली राजदूत (स्थायी प्रतिनिधि) लाई विभिन्न मुलुकको गैह्रआवासीय राजदूतमा बुधबार नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको हो ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई बु्रनाई, थाइल्यान्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोडिया, लाओस र भियतनाम, राष्ट्रसङ्घका लागि आवासीय प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि राजदूत भृगु ढुङ्गानालाई क्युबाको गैह्रआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ