arrow

चार पूर्व सांसदप्रति शोक प्रस्ताव

logo
रासस,
प्रकाशित २०७६ पुष ४ शुक्रबार
parliament_of_nepal.png

काठमाडौं । प्रतिनिधिसभाको शुब्रबारको पहिलो बैठकले विभिन्न मितिमा निधन भएका चार पूर्व सांसदप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म तत्कालीन नेकपा (एमाले)का तीन र नेपाली कांग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधन भएको थियो ।

तत्कालीन  एमालेका तर्फबाट २०५१ सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि वैरागी दाहालको ६२ वर्षका उमेरमा गत असोज ३ गते निधन भएको थियो । त्यसैगरी एमालेकै तर्फबाट २०७० सालको संविधानसभामा  समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित कमलाकुमारी घिमिरेको ५० वर्षका उमेरमा गत कात्तिक ९ गते निधन भएको हो ।

 एमालेकै तर्फबाट धनुषा ५ बाट २०५१ सालमा प्रतिनिधिसभामा निर्वाचित रामलखन महतोको ६६ वर्षका उमेरमा गत कातिक १५ गते निधन भएको थियो ।  भक्तपुर २ बाट   कांग्रेसका तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित सदस्य रामेश्वर ढुङ्गेलको ५९ वर्षका उमेरमा यही पुस १ गते निधन भएको थियो ।

शोक प्रस्तावमा चारै पूर्वसांसदले प्रजातन्त्र र लोकतन्त्र स्थापनामा पु¥याएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उहाँहरुको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही पुस ११ गते अपराह्न १ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ