arrow

महिला बन्दीले चौकीदारलाई बन्दी बनाए नेपालगञ्जमा

logo
प्रकाशित २०७६ पुष ५ शनिबार
prisoner-jail.jpg

बाँके। नेपालगञ्जस्थित कारागारका महिला बन्दीहरू आन्दोलनमा उत्रिएका छन् । चौकीदार र कारागार व्यवस्थापनले गुणस्तरीय खाना नदिएको आरोप लगाउँदै यहाँका महिला बन्दीहरू आजदेखि आन्दोलनमा उत्रिएका हुन् ।

कारागारका चौकीदारलाई महिला बन्दीले बन्दी गृहमै थुनेर राखेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताए । पौडेलका अनुसार चौकीदारलाई जेल प्रशासनसँग भेट्न पनि दिएका छैन । उनले भने, “वार्ताका लागि हामीले महिला बन्दीसँग अनुरोध गरिरहेका छौँ तर, उहाँहरू वार्तामा आउनु भएको छैन ।” निमित्त जेलर पौडेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई घटनाबारे जानकारी गराए ।

यसअघि पुरूष बन्दीले आन्दोलन गरेका कारण जेलर, चौकीदारलगायतका कर्मचारीको सरूवा गरिएको थियो । गत मङ्सिरको दोस्रो साता बाँके कारागार जेलरविहीन भएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको जानकारी दिए । तर, जिम्मेवारी दिइएका श्रेष्ठ अहिले पनि कारागार बाँके पुगेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ