arrow

विकासका नाममा विनाश, बम पड्काएर बाटो खन्दा भयो यस्तो  

logo
खगेन्द्र भण्डारी, 
प्रकाशित २०७६ पुष ६ आइतबार
stone.jpg

तम्घास । विकास भन्नेबित्तिकै प्रायः मानिसले बाटोघाटो, पानी, बिजुली, विद्यालय र कलकारखानाको सुविधा बुझ्ने गरिन्छ । देशभर विकास निर्माणको कार्यले गति लिँदै गर्दा अनेकन विनाशको चपेटा जनताले सहनु परेको छ । यसैको ज्वलन्त उदाहरण बनेका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा न २ बौरका स्थानियहरु।

राष्ट्रिय गौरवकै योजना कालीगण्डकी कोरिडोरको काम भैरहँदा यहाँका स्थानियहरु भने घरवारविहीन जस्तै बनेका छन् । कोरिडोरको कामको जिम्मा पाएको नेपाली सेनाको टोलीले काम गरिरहँदा स्थानियहरुको घरमा प्रत्यक्ष असर पुगेको छ।

करिडोरको बाटो खनिरहँदा करिव १०० मिटर तल रहेका १५ घरधुरी विस्थापित बनेका छन् । सेनाको टोलीले आफुहरुसङ्ग सरसल्लाह समेत नगरी र बिना जानकारी बम पड्काएर बाटो खन्दा ठुला ठुला ढुङ्गाहरु खसी घरै भत्केको र जनताहरु सन्त्रासमा रहेको बताउँछन् स्थानिय भीष्म पराजुली । उनले भने, ‘कतिबेला मरिन्छ जस्तो लाग्छ कसैले हाम्रो कुरा सुनेन ।’

यस बिषयमा  कालीगण्डकी गाउँपालिका वडा नं २ का वडाध्यक्षसङ्ग बुझ्दा आफुलाई सामान्य जानकारी भएको र करिव १ घण्टापछि आफू त्यहाँ जाने साथै आफुले सेनाको टोलिलाई समेत जानकारी गराएको बताए ।

यता पालिका अध्यक्षलाई बुझ्न फोन गर्दा भने फोन सम्पर्क हुन सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ