arrow

विप्लवले नै गाउँपालिका अध्यक्षलाई अपरहण गरे, श्रीमतीलाई भाइको जिम्मा लगाए  

राजनैतिक मुद्धा भएकाले अपहरण गरिएको भनाइ, २–३ दिनभित्र छाड्ने आश्वासन

logo
नविनकुमार शर्मा,
प्रकाशित २०७६ पुष ६ आइतबार
dhir-bd-shahi-gaupalika-pra.jpg

दैलेख । ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाहीलाई विप्लव समुहका कार्यकर्ताले अपहरण गरेका छन् । शिरपाटा भन्ने ठाउँमा रहेको आफ्नै घरमा बसिरहेको अवस्थामा शनिवार राती करीव १२ वजे १५–१६ जनाको समुहमा रहेका टोलीले अध्यक्ष र उनको श्रीमती ईला शाहीलाई अपहरण गरिएको आफन्तले जनाएका छन् । 

अध्यक्षसंगै उनका भाइ हस्तवहादुर शाहीलाई राती नै र श्रीमती ईला शाहीलाई आइतबार बिहान छोडेको वुझिएको छ । दाइ भाउजुलाई खोज्न बिहानै दैलेख र कालिकोट जिल्लाको सिमानातर्फ पुगेका भाइ हस्तलाई विप्लव समुहले राजनैतिक मुद्धा भएकाले अपहरण गरिएको र २–३ दिनभित्र छाड्ने आश्वासन दिदै भाउजु ईलालाई जिम्मा लगाएपछि फर्किएको जानकारी दिए । 

सो समूहले विप्लव समुहको कार्यकर्ता रहेको भन्दै सोधपुछ गर्नु छ भनेर लिएर गएपछि आफन्त र गाउँलेहरुले रातीदेखि नै खोजी गर्दा सो स्थानमा भेटीएको उनले वताए ।
 
जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सुचना पाउनेवित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लावाट खोजीकार्यलाई तिव्र वनाउन आवश्यक तयारी भैसकेको जानकारी दिए । 

हतियारसहित रहेका विप्लव कार्यकर्तावाट अध्यक्ष शाहीलाई अपहरणमुक्त गर्न धेरै सर्तकता अपनाउनुपर्ने देखिएको उनको भनाई छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ