- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दार्चुला । दार्चुलामा बस र जीप एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् । शनिबार बेलुका ४ बजे तिर दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ५९२२ नम्बरको बस र मार्मा गाउँपालिकाको लटिनाथबाट जिल्ला सदरमुकाम खलंगा आउदै गरेको म १ ज २३३ नम्बरको जीप मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ पस्तीमा एक ठोक्किदा जीपमा सवार ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी नायव निरीक्षक मदन धामीले जानकारी दिए ।
घाइते सबै यात्रु मार्मा गाउँपालिका वडा नम्बर २ का रहेका छन् । घाइते हुनेमा ६४ वर्षिय आन सिंह विष्ट, ६६ वर्षिय महामती विष्ट, ६४ वर्षिय कृष्णा विष्ट, ६२ वर्षिय आइते विष्ट, २५ वर्षिय उमेश सिंह विष्ट र ३२ वर्षीय नरेन्द्र विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घट्ना स्थलबाट घाइतेहरुलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्याएको छ । उनीहरुको उपचार भैइरहेको तथा अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । बस र जीप प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।