arrow

कति छ अम्बानीकी छोरीको सम्पत्ति ?

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
isha-ambani.jpg

काठमाडौं ।  भारतीय अर्बपति  तथा रिलायन्स इन्डस्ट्रीका अध्यक्ष मुकेश अम्बानीकी २८ वर्षीया छोरी इशा अम्बानीको गत बर्ष डिसेम्बर १२ मा विवाह भयो । इशा परिमल ग्रुपका कार्यकारी निर्देशक आनन्द परिमलकी श्रीमती बनिसकेकी छन् । सो भव्य विवाह समारोहमा  विभिन्न क्षेत्रहरूको दिग्गज सेलिब्रिटी पुगेका थिए । विवाह मुम्बईको अम्बानीको घर 'अन्टिटिया' मा भएको थियो।

इशा अम्बानी देशको सबैभन्दा धनि व्यक्ति मुकेश अम्बनीको छोरीको रूपमा चिनिन्छ ।  तर यसबाहेक इशाको पनि फरक पहिचान छ। फिनप्याप रिपोर्टको अनुसार, इशा अम्बानीको कुल वार्षिक आय १२ अरब ८४ करोड २६ लाख रुपैयाँ रहेको छ ।  साथै उनि रेन्ज रोवर, पोर्श र मर्सिडीज बेन्ज जस्ता गाडिको पनि मालिक हुन् ।  

येल र स्ट्यानफोर्ड जस्ता विश्वविद्यालयबाट पढाइ सकेकी इशा निकै प्रतिभाशाली छन्। यसको क्षमताबाट अनुमान लगाउन सकिन्छ कि २००८ मा सबै भन्दा कम उमेर अर्वपति छोरीहरुको सुचीमा इशा अम्बानी दोस्रो स्थानमा थिइन् ।

विद्यालयको पढाइ सकेपछि इशाले मनोविज्ञान र दक्षिण एशियान अध्ययनमा येल विश्वविद्यालयबाट स्नातक गरिन्  र स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीएमा डिग्री हासिल गरिन् ।

उनि येलमा आफ्नो अध्ययन गर्दै गर्दा बुबा मुकेश अम्बानीलाई जियो सुरू गर्न सुझाव दिएकि थिइन् । सो कुराको हालै मुकेश अम्बानीले  २०११  मा इशाले जियोको सुरुवात गर्न सुझाएको बताएका छन् ।

येलबाट आफ्ना अध्ययनहरू पूरा गरेपछि इशा अमेरिकाको विश्वव्यापी व्यवस्थापन परामर्श फर्म एण्ड कम्पनीमा काम गरिन् । अक्टोबर २०१४ मा उनि जियो र रिलायन्स स्टिलको बोर्ड अफ निर्देशक बनिन् ।

उनले आफ्नी आमाले जस्तै  स्ट्यानफोर्डमा पढाई गरेकी थिइन्। उनि व्यापार मात्र होइनसबै तिर व्यस्त वनिन् २०१७ मा न्यूयर्कको सबैभन्दा ठूलो कार्यक्रम, द मेट ग्यालेन्टमा  उनले डेव्यु गरिन् ।

 इशा अम्बानीको हरेक वर्ष को कमाइ ४७१० करोड भारतीय रुपैयाँ रहेको छ  । उनि  १६ वर्षको उमेरमा रिलायन्स इन्डस्ट्रीजमा ८९ अरब ३४ करोड रुपैयाँको मालिक बनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ