arrow

दुई गुण्डा पक्राउ

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
Handcuffs.jpg.png

काठमाडौं । महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भनिने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । 

उनका अनुसार उनीहरुले काठमाडौँ उपत्यकामा सर्वसाधारण मानिस तथा व्यापारीलाई फोनमार्फत धम्काई रकम माग गर्ने र नदिएमा हातहतियार देखाई ज्यान मार्ने तथा हातखुट्टा भाँचिदिने धम्की दिँदै आएका थिए । 

उनीहरुविरुद्ध उजुरीसमेत परेको जनाइएको छ । आइतबार पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ