arrow

सेवाग्राहीसँग प्रहरीले घुस मागेपछि ...

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
nepal-police.jpeg

मोरङमा । शान्ति सुरक्षा र अमनचयन कायम गराउने जिम्मेवारी लिएको सुरक्षाकर्मीले नै सेवाग्राहीसँग घुस लिए भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ? पक्कै पनि नराम्रो लाग्छ होला ।

यस्तै भएको छ मोरङमा । विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको र घुस मागेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको छ ।

आयोगका अनुसार प्रहरी सहायक निरीक्षक दाहालले खाद्य सामग्री ओसारपसार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घुस लिएको आरोप लागेको छ । आयोगले आरापी दाहाललाई केही दिन पहिले घुस लिँदालिँदै विराटनगरबाट थलोमा नै पक्राउ गरेको थियो । आरोपी दाहालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

त्यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा बर्दियाका शिक्षक इन्द्रप्रसाद भट्टराईविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गोकर्णेश्वर–५ का वडा सचिव दिनेश बाँस्कोटाविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले खरिदार बाँस्कोटालाई घुस लिँदै गरेको अवस्थामा थलोमा नै पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ