arrow

बाबुआमा गुमाएका तीन नाबालकलाई घर, विश्वप्रकाश शर्माद्धारा हस्तान्तरण

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
vishwaprakashsharma.jpg

काठमाडौं । सिन्धुलीका तीन नाबालकका लागि नेपाली काँग्रेस सिन्धुलीको पहलमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले एक कार्यक्रमका बीच पीडित नाबालकका लागि निर्माण गरेको घर हस्तान्तरण गरे । 

तीन नाबालकका बाबु क्यान्सरले र आमा प्रशव पीडाले यो धर्ती छाड्नु परेपछि तीन नाबालक एक्लै परेका थिए । उनीहरुको बस्ने, खाने र पढ्न जाने सबै क्रम छुटेपछि सिन्धुली काँग्रेसले गास र बासको व्यवस्थाको पहल थालेको थियो । 

शर्माले ट्वीटरबाट जानकारी गराउँदै लेखेका छन्, ‘प्रसव पीडाले आमा र क्यान्सरले लग्यो बाबा । न बस्ने घर,न खाने टुंगो,स्कुलपनी टुट्यो । सिन्धुलिका ३ नाबालक सृजना,अनिल र मिलन परियारको मार्मिक पीडाले हामी सबैलाई छोयो । तर ५ पुस हर्षको दिन बन्यो जब उनिहरुका लागि बनाएको सानो घर हस्तान्तरण गर्न सकियो । बधाई नेपाली कांग्रेस सिन्धुली ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ