arrow

साइकलयात्री मार्यो मिनीटिपरले 

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
accident-final.jpeg

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

 धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा४ख ५७२८ नंको मिनीटिपरले पिपरा गापा–५ को चाँदनीचोकमा साइकलमा यात्रारत मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
 
 अधिकारीले मिनीटिपरका चालकलाई नियन्त्रणमा लिइएको र  मृतकका शव परीक्षण गर्न सोमबार राति नै जिल्ला अस्पताल जलेश्वरमा पठाइएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ