arrow

असाहयका लागि सहयोग गर्दै आएका अध्यक्षले चिसो बढेसँगै बाढे सिरक

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ पुष ८ मंगलबार
photo_sirak_bitran_(2).JPG

बझाङ। जिल्लाको खप्तड छान्ना गाउँपालिकाले गाउँपालिका भित्र रहेका जेष्ठ नागरिक , असहाय, बिपन्न बर्ग तथा  अपाङ्गता भएका ब्यक्तिहरुलाई चिसोबाट बच्नका लागी सिरकहरु बितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच हिउँदमा अत्याधिक चिसो हुने भएको हुनाले गाउँपालिकाले उहाँहरुलाई सिरक बितरण गरको हो ।

गएको हप्ता परेको पानी र हिउँसंगै चिसो अत्याधिक बढेपछि गाउँपालिकाले वडा कार्यालयहरुको सिफारिसमा जेष्ठ नागरिक ,अति बिपन्न बर्ग , फरक क्षमता भएका( अपाङ्गता ) भएका ब्यक्तिहरु , एकल महिला एक एक वटा सिरक बितरण गरेको हो । गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले भने,' गएको हप्ता देखि चिसो ह्वात बढेको छ , बिषेस गरि जेष्ठ नागरिक , बिपन्न बर्गा र फरक क्षमता भएका ( अपाङ्गता ) ब्यक्तिहरुलाई अलिकती भएपनि राहत हुने भएकाले उहाँहरुलाई सिरक बितरण गरेका छौ ।'

बिभिन्न सामाजिक सेवामा सकृय हुदै आएका अध्यक्ष रोकायाको कार्य प्रति सबैले प्रसंसा गरेका छन् ।  दुबै आँखा बन्द रहेका खप्तड छान्ना गाउँपालिका ७ का जहरी सिंहले भने,' हामी जस्ता असहाय , गरिब दीन दुखिका लागी गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो छ ।' उनले हामी जस्तालाई समाजमा पनि हेला गर्ने , घरमा पनि हेला गर्ने गरेको भएपनि गाउँपालिकाबाट भने तातो लुगा पाएँ पछि निकै खुशी ब्यक्त गरे।
 
प्रत्येक वडा कार्यालयबाट अति बिपन्न तथा समस्यामा परेकाहरुलाई छनौट गरि गाउँपालिका पठाएका हौ खप्तड छान्ना गाउँपालिका ७का वडा अध्यक्ष राम बहादुर सिंहले भने आबस्यकता त धेरै छ तर पनि वास्तविक रुपमा गरिब र दीनदुखीहरुलाई छनौट गरेका हौ । गाउँपालिकाका सात बटा वडाहरुबाट प्रति वडा १५ देखी २० जना गरि जम्मा एक सय ५ जनालाई बितरण गरेको समेत अध्यक्ष रोकायाले बताए । उनले यसपछि जेष्ठ नागरिकहरुलाई घर घरमा गएर स्वास्थ्य उपचार गर्ने गरि बृद्ध संग स्वास्थ्यक्रमी कार्यक्रम समेत राखेकाले केही दिन भित्र लागु गरिने समेत बताए ।

जिल्लामा असाहयका लागि पटक पटक सहयोग गर्दै आएका अध्यक्ष रोकाया जिल्लामा निकै प्रसंसाका पात्र हुन्। केही दिन अगाडी गाउँपालिका अध्यक्ष रोकायाले दुबै मृगौला फेल भएर उपचार गराई रहेका दुगौथली गाउँपालिकाका मदनराज जोशीलाई आर्थिक सहयोग गर्नुका साथै  अति बिपन्न परिबारका राम्रो बिद्यार्थीहरुलाई ब्यक्तिगत सहयोग , गाउँको सामुदायिक बिद्यालय , बनमा समेत सहयोग गर्दै आएका छन् ।

यसका साथै १८ बर्ष देखि आफ्नो घरबाट बच्चा छदा बिछोडिएका रोल्पाको जवाङ्ग घर भएका कालेलाई उनको घर पत्ता लगाई घरमा गएर पुर्याएपछि अध्यक्ष रोकाया निकै चर्चामा आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ