arrow

प्रधानमन्त्रीले छानेका 'निराला'माथि उजुरीको माग

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
laxmi-badhur-nirala.jpg

काठमाडौं ।  सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्य पदमा प्रस्तावित लक्ष्मीबहादुर ‘निराला’ खड्काको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सुनुवाइ प्रक्रियालाई अघि बढाउने सन्दर्भमा बैठकले उक्त पदका लागि प्रस्तावित निरालाप्रति कुनै सिकायत भए १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले बताएका छन्। न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ ।

परिषद्का सदस्य पदम वैदिकले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले निरालाको नाम प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएका हुन् ।  निराला मुलुकका पुराना र वरिष्ठ वकिल हुन्।

यसअघि केही समय उनले महान्यायाधिवक्ताको जिम्मेवारीसमेत सम्हालेका थिए । समितिले उजुरी प्राप्त भएपछि उजुरीकर्तासँग छलफल सकेपछि निरालासँग सुनुवाइ गर्नेछ । यी सबै प्रक्रिया करिब १५ दिनमा पूरा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ