arrow

तुलसी पुजन दिवसको उपलक्ष्यमा वृक्षारोपण 

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष १० बिहिबार

जनकपुर । जनकपुरधाम उपमाहानगरपालिकाले तुलसी पुजन दिवसको अबसर पारेर कार्यालय परिसरमा वृक्षारोपण गरेको छ ।

बुधबार जनकपुरधाम उमपाहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रीता कुमारी मिश्रको अगुवाईमा कार्यालय परिसर भित्र रहेको दिर्घीका सर पोखरिको डिलमा दुई दजर्न भन्दा बढी वृक्षारोपण गरिएका छन् ।

धनुषा जिल्ला अदालतका मुख्यन्यायाधिश राजुकुमार खतिवडाको उपस्थितीमा दिर्घिकासरको डिलमा दुई दर्जन भन्दा बढी बोतल पाम,रिका पाम,फैकस,सैकस लगायतका रुखहरु रोपिएका हुन् ।

वातावरणलाई जोगाउनका लागि हरेक ठाउँमा रुख रोप्नुपर्ने बताउँदै मेयर साहले एक घर एक रुख रोप्नका लागि सबै नगरवासीलाई आग्रह समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ