arrow

प्रदेश २ मा माघ २ देखि छोरी विमा सप्ताह

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष १० बिहिबार
pradesh-2.jpg

जनकपुरधाम ।  प्रदेश दुईको सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको छोरी शिक्षा विमालाई व्यापक बनाउदै जनस्तरसम्म पुर्याउन छोरी विमा सप्ताह संचालन गर्दैछ ।

२०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाको लागि विमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभाव लगायतको कारणले सोचे अनुरुपको विमा हुन नसकेपछि प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर संचालन गरि उनीहरुको घरदैलोमै पुगि विमा लगायतको अन्य सुविधा प्रदान गर्ने गरि सप्ताह मनाउने निर्णय  गरेका छन ।

माघ २ गते देखि प्रदेशको आठ वटै जिल्लामा शिविर संचालन गरिने बेटी पढाउ बेटी बचाउ अभियानका संयोजक प्रियंका यादवले बताइन् ।सो  शिविरमा शिक्षा विमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निशुल्क औषधी वितरण सहितका कार्यक्रम समेत गरिने छ  ।
 
माघ २ गतेदेखि शुरु हुने छरी विमा सप्ताह सबै स्थानीय तहमा पुगी सम्पन्न हुने छ । यस अभियानले विभिन्न कारण विमा गराउन नसकेका छोरीहरुलाई समेटिदै पछिल्लो एक वर्ष भित्र जन्मेका छोरीहरुको विमा शत प्रतिशत पुर्याउने  लक्ष्य  रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ