arrow

इंगलिश प्रिमियर लिगका सात खेलमा १९ गोल, यस्तो छ नतिजा

logo
प्रकाशित २०७६ पुष १३ आइतबार

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ७ खेल भएका छन् । जसमा १९ गोल भएको छ । दुई खेल बराबरीमा सकिएका छन् । 

म्यान्चेस्टर युनाइटेडले बर्नलीलाई २–० गोल अन्तरले हरायो । बर्नलीको मैदानमा भएको खेलमा युनाइटेडका एन्थोनी मार्सियल र मार्कस रशफोर्डले १–१ गोल गरे । 

जोजे मौरिन्होको टिम टोटनह्याम हट्सपर भने पुछारको टिम नर्विच सिटीसंग बराबरीमा रोकियो । खेल २–२ को बराबरीमा रोकिएको हो । 

ह्यारी केन र क्रिस्टियन एरिक्सनले १–१ गोल गरे पनि टिमलाई जिताउन सकेनन् । मौरिन्होले टोटनह्यामले उपाधि जित्न सक्छ भनी दिएको दावी हाँस्यास्पद बन्न पुगेको छ । 
अन्य खेलको परिणाम–
ब्राइटन २–० बर्नमाउथ
न्युकासल युनाइटेड १–२ एभर्टन
साउथह्याम्पटन १–१ क्रिस्टल प्यालेस
वाटफोर्ड ३–० एस्टन भिल्ला
वेष्टह्याम युनाइटेड १–२ लेस्टर सिटी

अंक तालिका–
लिभरपुल १८ खेलबाट ५२ अंकसहित शीर्ष स्थानमा छ । २० खेलबाट लेस्टर ४२ अंकबाट दोस्रो स्थानमा छ । 

१९ खेलबाट ३८ अंकको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेको छ । चेल्सी १९ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ । २० खेलबाट ३१ अंकको म्यान्चेस्टर युनाइटेड पाँचौं स्थानमा छ । 

टोटनह्याम २० खेलबाट ३० अंकसहित छैटौं स्थानमा छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ