arrow

धनकुटामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दिवस

logo
विजय राई, 
प्रकाशित २०७६ पुष १३ आइतबार

धनकुटा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले पुनःनिर्माणका गतिलाई तिव्रता दिनु पर्नेमा जोड दिए । 
 राष्ट्रिय पुनःनिर्माण प्राििधकरण जिल्ला आयोजना धनकुटालेको आयोजनामा संचालन भएको चौथो राष्ट्रिय पुनःनिर्माण प्रधिकरणको स्थापना दिवसमा सहभागीहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा सहिदभूमी गाउँपालिकाका प्रमुख मनोज राई,चौविसे गाउँपालिकाका उपप्रमुख यज्ञ कुमारी रुचाल, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायतले पुनःनिर्माण कार्यलाई तिव्रता दिनु पर्नेमा जोड दिएका थिए ।  

भूकम्पले क्षति पुर्याएका विद्यालय भवनहरु मध्ये ६० वटा निर्माण सम्पन्न गरिएको र  ३ हजार २ सय ३९ वटा घरहरु क्षति भएकोमा पहिलो किस्ता स्वरुप  २ हजार ६ सय ४२ जनाले निर्माणका लागी रकम धनकुटामा लिएको जानकारी गराईएको थियो । सो अवसरमा निर्माण सम्पन्न भएको  विभिन्न विद्यालयहरुलाई निर्माण सम्पन्न भएको प्रमाण पत्र वितरण गरिएको थियो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि भएको भौतिक क्षतिलाई कसरी पुनःनिर्माण गर्ने भनेर २०७३ साल पौष–१२ गते राष्ट्रिय पुनःनिर्माण प्रधिकरणको स्थापना भएको हुँदा यसैलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवसको रुपमा मनाउन थालिएको हो । 

जल्ला समन्वय समितिको हलमा सम्पन्न कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार धनकुटाको हालसम्म प्राप्त प्रगति प्रतिवेदन, चुनौति लगायतको विषयमा छलफल गरिएको थियो ।

स्थापना दिवसमा धनकुटाका सातवटै स्थानीय तहका प्रमुख तथा उप–प्रमुख,राजनीतिक दलका पदाधिकारीहरु,विभिन्न विद्यालयका शिक्षक,संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

स्थापना दिवस जिल्ला आयोजना कार्यान्वयन इकाई,अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार धनकुटाका प्रमुख थिरेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन नायव सुब्बा नानु गुरुङले गरेका थिए । 

शिक्षा इकाइ प्रमुख शम्भु प्रसाद पाण्डेले स्वागत मन्तब्य राखेका थिए । इन्जिनियर अस्कार घिमिरेले प्रस्तुती गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ