arrow

जीपी कोइराला मेमोरियल गोल्डकप फुटबल वडा ४ लाई

logo
प्रकाशित २०७६ पुष १३ आइतबार

धनकुटा । प्रथम गिरिजाप्रसाद काइराला मेमोरियल गोल्डकप वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं ४ ले हात पारेको  छ । धनकुटाको पाख्रीवासमा शनिबार भएको फाइनल खेलमा वडा नं ३ लाई ४–३ गोल अन्तरले हराउँदै वडा ४ ले जित हासिल गरेको हो ।

खेलको  निर्धारित समयमा दुवै वडाको टिमले कुनै पनि गोल नगरेपछि पेनाटी सुटआउटमा धकेलिएको खेलमा ३ नं वडा का २ खेलाडीले पेनाल्टी सुट मिस गरे भने ४ नं वडा एक पेनाल्टी सुट वडा नं ३ का गोल रक्षकले रोकेका थिए । 

जीतसँगै वडा नं ४ ले नगद ५१ हजारसहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । 

दोश्रो भएको वडा नं ३ ले नगद २५ हजारसहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको प्रतियोगिता आयोजक जिपी काईराला फाउण्डेसन पाख्रीवासका सचिव सन्तोष मानन्धरले जानकारी दिए । 

फाइनल खेलको म्यान अफ दि म्याच वडा न ४ का गोल रक्षक धनबहादुर मगर घोषित भए । उनलाई पनि ट्रफी प्रदान गरिएको छ । 

फाउण्डेसन पाख्रीवास नगर समितिका अध्यक्ष जयन्द्र घिसिङको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा बोल्दै फाउण्डेसनका प्रदेश नं १ की अध्यक्ष ईन्दिरा थापाले पाख्रीवास १० का खेलाडी उज्वल भण्डारीलाई प्रोत्साहन स्वरुप वार्षिक नगद २५ हजार प्रदान गर्ने घोषणा गरिन् । 

जिपी कोईराला फाउण्डेसनले स्वास्थ्य,खेलकुद, महिला लगायत विभिन्न क्षेत्रमा सक्रियताका साथ काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा यो प्रतियोगिताको पुरस्कार राशी समेत वृद्धि गर्दै लैजाने अध्यक्ष थापाले बताए । 

साथै हालै मात्र धनकुटाका दुई जना विद्यार्थीलाई स्वास्थ्य तालिमका लागि चिन पठाएको समेत उनले जानकारी गराए । त्यस्तैगरी नेपाली कंग्रेसका नेता तथा जिपी फाउण्डेसनका केन्द्रिय सदस्य डा शोभाकर पराजुलीले पाख्रीवास नगर क्षेत्रवाट खेलको विकास गर्दै राष्ट्रिंय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त गर्न सक्ने खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

उनले खेलले मानिसलाई धेरै कुरा सिकाउने भन्दै खेलको जुन नियम, अनुशासन मर्यादा छ त्यसलाई लोकतन्त्रको मूल्य मान्यता आदर्श र विश्व्यापी सार्वभौम परिभाषा भित्र जोडेर हेर्न सक्नुपर्ने बताए । 

समापन कार्यक्रममा सञ्चारकर्मी तथा लेखक चन्द्र किशोर झा, सम्र्पूण वडाध्यक्षहरुको तर्फवाट ४ नं वडाध्यक्ष शोवित निरौला लगायतकाले मन्तव्य राखेका थिए । स्वागत फाउण्डेससनका सल्लाहकार ज्ञान वहादुर गुरुङले राखेका थिए भने सञ्चालन प्रेम भण्डारीले गरेका थिए । 

प्रतियोगिताका विजयी समूहलाई कार्यक्रमका प्रमुख अतिथी तथा अतिथीहरुले पुरस्कार प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ