arrow

ए डिभिजन लिग फुटबलका २१ खेलमा ३७ गोल, पाँच रातो कार्ड, २६ पहेंलो कार्ड 

logo
प्रकाशित २०७६ पुष १४ सोमबार
ANFA-football.jpeg

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलका चौथो चरणका खेलहरु सोमबारदेखि सुरु हुँदैछन् । चौथो चरणका सबै खेलहरु एन्फा कम्प्लेक्सको मैदानमा हुनेछन् । यसअघि एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुँदै आएका थिए । 

सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा ११ः३० बजे न्यूरोड टिम एनआरटी र मच्छिन्द्र क्लब खेल्नेछन् । ३ः०० बजे मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्डस् क्लबसँग खेल्नेछ ।
 
अंक तालिका
३ खेलबाट शीर्ष स्थानको मनाङको ९ अंक छ । दोस्रो स्थानको थ्रीस्टार क्लबको ७ अंक छ । मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबको ६–६ अंक छ । 

जावलाखेल युथ क्लबको ५ अंक छ । एनआरटी, नेपाल पुलिस क्लब, च्यासल युथ क्लब र संकटा क्लबको ४– ४ अंक छ । 

ब्रिगेड ब्वाइज क्लब बीबीसीको ३, हिमालयन शेर्पा क्लबको २ र सशस्त्र प्रहरीको १ अंक छ । फ्रेण्डस् र सरस्वती युथ क्लब अंकविहीन छन् । 

गोल संख्या
अहिलेसम्म तीन चरणका खेल सकिँदा ३७ गोलमात्र भएको छ । पहिलो चरणमा १३, दोस्रो चरणमा १० र तेस्रो चरणमा १४ गोल भएको छ । 

अहिलेसम्म ३१ जनाले गोल गरेका छन् । च्यासलका सन्तोष साहुखलले सर्वाधिक गोल ३ गोल गरेका छन् । उनले ए डिभिजनमा अहिलेसम्म ९९ गोल गरिसकेका छन् । 

चार खेलाडीले २–२ गोल गरेका छन् । जावलाखेलका डाडी जुनियर वाम्बा, एनआरटीका सन्तोष तामाङ, एनआरटीकै जुनियर अन्गुएने निकेनगुए र मनाङका बिमल रानाले २–२ गोल गरे । 

२६ खेलाडीले एक एक गोल गरेका छन् । 

कार्ड 
५ खेलाडीले रातो कार्ड पाइसकेका छन् । एनआरटीका जोर्डन जुनियर डेम्बा ओवोना, पुलिसका अन्जन राई, मनाङका एकराज बुढाथोकी, संकटाका लक्ष्मण रुचाल र आर्मीका सुमन अर्यालले रातो कार्ड खाएका छन् । 

२६ खेलाडीले पहेंलो कार्ड खाएका छन् । जसमा हिमालयन शेर्पाका उल्रिच सिवेले दोहोरो पहेंलो कार्ड खाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ