arrow

साँचो बुझाएर घुम्न निस्किए जनप्रतिनिधि र कर्मचारी, कार्यवाहक वडाध्यक्ष बेखबर

logo
प्रकाशित २०७६ पुष १४ सोमबार
gaupalika2.jpg

तुलसीपुर । दंगिशरण गाउपालिका वडा नम्बर ५ मा जनप्रतिनिधि र कर्मचारी पाँच दिनदेखि भ्रमणमा छन् । कृषिको अवलोकनका लागि भन्दै वडा अध्यक्ष दिपक गौतम, वडा सचिवलगायत जनप्रतिनिधि र कर्मचारी सबै भ्रमणमा निस्केपछि कार्यालयबाट प्रवाह हुने काम कामकाज ठप्प जस्तै भएको छ ।

वडा कार्यालयमा चारदिनसम्म आफु लगातार आउँदा पनि सेवा पाउन नसकेको स्थानीय बिष्णु लामिछानेले बताए । ‘वडामा बसाईसराईको लागि काठ्माण्डौबाट आएको थिएँ, कार्यालय चारदिनदेखि छ , कार्यालय आइतबारमात्रै खुल्यो तर कर्मचारी नयाँ हुँदा सेवाबारे अन्यौलता भयो, उनले भने–‘आइतबार पनि सेवा पाउन सकिन, कार्यालयमा म जस्तै कति सेवाग्राही फर्किनुभएको छ ।’

वडाबाट जनप्रतिनिधि र कर्मचारी कृषिको अवलोकनका भन्दै गत बुधबारसाँझ चितवन भ्रमणमा गएका हुन् । जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्किएपछि आइतबारसम्म वडा कार्यालयबाट हुने कुनै पनि काम भएनन् ।  आइतबार कार्यालय खुल्ला भएपनि वडा कार्यालयबाट कामबाट प्रवाह गर्ने सेवाबारे न कर्मचारीलाई थाहा थियो, न कार्यवाहक अध्यक्ष लिलावती दमीनीलाई नै । कार्यवाहक वडा अध्यक्ष दमीनीले आफुलाई कामबारे कुनै जानकारी नभएको बताईन् । ‘मलाई वडा अध्यक्षले वडा कार्यालय खोल्नु भनेर साँचो दिनुभएको छ , अरु केहि थाहा छैन्, उनले भनिन्–‘मैले लेख्न पनि जान्दैन, पढ्न पनि जान्दैन् ।’ उनले आफु कार्यवाहक वडा अध्यक्ष नै भएको दावि गरिन् तर सेवाग्राहीले कुनैपनि सेवा उहाँबाट नपाएको गुनासो गरे । ‘उहाँ भ्रमणमा नगएको हुँदा अध्यक्षले कार्यवाहक दिन पनि सजिलो भयो तर कर्मचारी त गाँउपालिकाबाटै आएका छन्, उनले भनिन्–‘यो सत्य होकि कर्मचारी सबै भ्रमणमा गए, उहाँले जान मान्नुभएन् ।’

वडा कार्यालय बन्द रहेको र सेवा प्राभावित भएको समाचार संचारमाध्यममा आएपछि आइतबार वडा कार्यालय खोलीएको सेवाग्राहीले बताएका छन् । यतिसम्मकी वडा कार्यालय खुल्ला नै छ भन्ने बहानाका लागि वडा कार्यालयमा आइतबारमात्रै गाँउपालिकाले महिला तथा बालबालबालिका शाखाबाट चन्द्रा वलीलाई पठाएको छ तर उनलाई नै कार्यालयबाट प्रवाह गर्ने सेवाका बारेमा जानकारी छैन् । ‘गाँउपालिकाले आइतबारमात्रै पठाएको हो, कार्यालयबाट प्रवाह हुने सेवाका बारेमा मलाई कुनै जानकारी नै छैन्, उनले भनिन्–‘कार्यालय बन्द छैन् खुल्ला नै छ तर सेवा प्रदान गर्नेबारेमा जानकारी नै छैन्, आइतबार वडा कार्यालयमा जानुस् भनेर भनेपछि आएका हुँ ।’

कार्यालयमा कर्मचारी आइतबारमात्रै गाँउपालिकाबाट आएका कारण नयाँ कर्मचारीमा कामबारे अन्यौल छ । कार्यालयमा चन्द्रासहित ३ जना स्वास्थ्यका कर्मचारी थिए । तीन जना कर्मचारी भएपनि कार्यालयको कामबारे जानकारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन् । उनिहरु कुन कामका लागि के कागजपत्र आवश्यक पर्छ भन्नेबारे पनि जानकारी नहुँदा सेवाग्राही समस्यामा रहेका थिए ।

नागरिकताको लागि सिफारिस, जग्गाको तिरो बुझाउने, बसाईसराई सिफारिसि लगायतका कामका लागि वडा कार्यालयमा आएका सेवाग्राही आइतबार पनि त्यसै फर्किन बाध्य भए । आइतबार खुल्ला रहेपनि कार्यालयबाट प्रवाह हुने कुनै पनि काम भएनन् । वडा कार्यालय तीनदिनदेखि बन्द रहेको भन्दै कार्यालयमा आएका सेवाग्राही काम नबनेको गुनासो गर्दै थिए । वडा कार्यालयको काम नै प्रभावित हुने गरेर किन भ्रमणमा गएका हुन् जनप्रतिनिधि र कर्मचारी ? भन्ने बारेमा आम नागरिकको प्रश्न छ ।

वडा अध्यक्ष दिपक गौतमले आफुहरु कृषिको अवलोकनका लागि चितवन भ्रमणमा निस्किएको बताए । ‘मैले लिलावती दमाइलाई कार्यवाहकको जिम्मेवारी दिएर आएको हुँ, काम गर्ने वातावरण छैन्, कसरी सेवा प्रवाह हुन्छ त ? उनले भने–‘ वडा कार्यालय बन्द छ भन्ने हल्लामात्रै हो , एक दिन घरबेटीको आफन्तको निधन भएको समयमा कार्यालय ढिलो खुलेको हो, त्यसैलाई ठुलो बनाउन खोजिएको हो ।’ कार्यालय सहयोगीसहित सबै कर्मचारी भ्रमणमा निस्किएको बारे गाँउपालिकालाई जानकारी नै छैन् । वडा कार्यालयको काम नै प्रभावित हुने गरि भ्रमणमा जान नहुने गाँउपालिका अध्यक्ष भागिराम चौधरीले बताए । ‘उहाँहरु आफै नै जिम्मेवार बन्नुपथ्र्यो, तर हामीलाई पछिमात्रै थाहा भयो, अहिले गाँउपालिकाबाट कर्मचारी खटाएका छौँ, उनले भने– ‘सेवालाई प्रभावित बनाउन हुँदैन् भने यहाँबाट नै कर्मचारी पठाएका हौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ