arrow

पहाडी क्षेत्रमा भइरहेको उत्खनन् रोक्न अन्तरिम आदेश 

logo
सुरेश श्रेष्ठ, 
प्रकाशित २०७६ पुष १५ मंगलबार
punarabedan-adalat-dang.jpg

दाङ। उच्च अदातल तुलसीपुरले तुलसीपुरको पहाडी क्षेत्रमा भइरहेको उत्खनन् रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार तुलसीपुरका एक युवा नविन बुढाथोकीले नगर प्रमुख, तुलसीपुर उपमहानगरपालिका, पेटीमा उत्खनन्को काम गर्दै आएका ठेकेदार, सामुदायिक वन, उपभोक्ता समिति लगायतलाई विपक्षी बनाएर उच्च अदालतमा रिट हालेका थिए ।

त्यसमाथि सोमबार सुनुवाई गर्दै उच्च अदालतका माननिय न्यायाधिस शालिग्राम कोईरालाको एकल ईजलासले पुस २१ गते सम्मको लागि उत्खनन्को काम रोक्न अन्तरिम आदेश जारी गरेको वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले जानकारी दिए ।

सोमबार उक्त विषयमा झन्डै एक दर्जन बढी अधिवक्ताहरुले बहस गरेका थिए । अब पुस २१ गते उक्त विषयमा उच्च अदालतको डिभिजन बेञ्चमा छलफल हुने छ ।

निवेदक बुढाथोकीले पुस १३ गते तुलसीपुर नगर प्रमुख, तुलसीपुरउपमहानगरपालिकाको कार्यालय समेतलाई विपक्षी बनाउँदै परमादेश उत्प्रेरण निषेधज्ञाको माग गर्दै मुद्दा दर्ता गराएका थिए ।

अब २१ गते पछि मात्रै उत्खनन्को विषयमा के हुने भन्ने टुङ्गो लाग्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ