arrow

कालिनागेश्वर मन्दिरमा अध्यात्मिक पर्यटन प्रवर्दन २०२०को शुभारम्भ हुँदै

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
musis-reharsal.gif

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्वर ३१ प्रयाग मार्ग भिमसेनगोलामा रहेको कालिनागेश्वर मन्दिरमा बुधवार भिजिट नेपाललाई लक्षित गरि आध्यात्मिक पर्यटन प्रवर्दन २०२० को शुभारम्भ हुने भएको छ। 

ग्लोवल मल्टिकल्चरल अर्गनाइजेशनले आयोजना गर्ने अध्यात्मिक पर्यटन प्रबर्दन तथा भक्ति सन्ध्याको विशेष कार्यक्रमका बीच शुभारम्भ हुने भएको छ। 

३ वजेबाट शुरु हुने आध्यात्मिक पर्यटन प्रवर्द्धन कार्यक्रमको प्रदेश सभासद गणेश दुलालले शुभारम्भ गर्ने छन भने ५ वजेबाट शुरु हुने भक्ति सन्ध्या तथा दिप प्रज्वलन कार्यक्रमको महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले शुभारम्भ गर्ने कार्यक्रमका संयोजक वालगोपाल शिवाकोटीले जानकारी दिए। 

ग्लोवल मल्टिकल्चरल अर्गनाइजेशन नेपालका अध्यक्ष लक्ष्मी प्रसाद बुढाथोकीले अध्यात्मिक पर्यटनको समेत प्रवर्द्धन गर्दै नेपालको मौलिक कला संस्कृती प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको बताए। 

कार्यक्रममा बहुसांस्कृतिक अभियानका अभियन्ता तथा सिक्किम विश्वविद्यालयका प्राचार्य सुरेन्द्र कुमार सहभागि छन् उनले कार्यक्रममा ४५ मिन्टको भक्ति संगित समेत प्रस्तुत गर्नेछन्। त्यसैगरि सुविख्यात भक्ति गायक चण्डी काफ्लेको भक्ति गायन पनि कार्यक्रममा रहनेछ ।

सांस्कृतिक संस्थान, ललिकलाका प्राचार्यहरुको कार्यक्रममा प्रस्तुती रहनेछ। भ्रमण बर्षको अवसरमा सातैवटा प्रदेशमा अध्यात्मिक पर्यटन प्रबर्द्नको अभियान गर्ने समेत ग्लोवल मल्टिकल्चरल अर्गनाइजेशन नेपालका अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन्। 

भ्रमण बर्षको शुभारम्भसँगै शुरु गरिएको यो अभियानको बुधवार कालिनागेश्वरमा हुने कार्यक्रम विशेष हुने आयोजकको दावी छ। कालिनागेश्वर मन्दिर शिवाकोटीहरुको कुल देवता हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ